News Portal

  • हजारौं प्रयोगबाट असफल संसदीय व्यवस्थाको विकल्प नेपाली विशेषताको समाजवाद – विवेक सी

    जनगर्जन संवाददाता२०८० फाल्गुण १४
    ११० पटक

    अछाम : वर्तमान राजनितीक संकट र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम साफेबगरमासम्पन्न भएको छ ।

    जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर ४ एरपोर्ट बजारमा वर्तमान राजनितीक संकट र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा सम्बाेधन गर्दै प्रमुख अथिति नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्यूरो इन्चार्ज विवेक सीले अहिले नेपालमा चलिरहेको दलाल पुजीवादी व्यवस्था असफल भएको र यो व्यवस्थालाई फालेर नेपाली विशेषताको समाजवाद ल्याउनुको विकल्प नरहेको बताए । देश र जनता को जिवनमा आइरहेका जतिपनि समस्याको कारण अहिलेको संसदीय व्यवस्था भएको दावी गर्दै महिला, श्रमिक समुदायको समस्याको समाधान नेपाली विशेषताको समाजवादमा हल हुने बताए । नेता विवेक सीले दलित शब्दलाई नेपाल कम्युनिस्ट पार्टीले हटाई यसको विकास गरेर श्रमिक समुदाय बनाएको उल्लेख गरे । अझ सबै मान्छे समान भएकोले नेकपाले सी जातिको विकास गरेको समेत बताए।
    उनले भने, नेपालमा भूमण्डलीकृत साम्राज्यवाद डरलाग्दो ढंगले प्रबेश गरिसकेको बताउँदै यसलाई रोक्न नेपालका राजनीतिक दलहरु, प्रगतिशील शक्ति, बामपंथी, वुद्धिजिवी, पत्रकार, नागरिक समाज लगायत सम्पूर्ण नेपाली जनताहरु एकठाउँमा आएर साम्राज्यवादका विरुद्धमा लड्नु पर्ने बताए।
    इतिहास भनेको पछाडि हैन अग्रगमनतिर जानुपर्छ । देशले आजको समयमा विकल्पको खोजि गरिराखेको छ । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले नेपाली विशेषताको समाजवाद निकासको लागि अगाडि सारेको र यसमा सबैले बहस छलफल गरेर यसलाई मुर्त रुप दिएर देशमा नेपाली विशेषताको समाजवाद लागु गर्नु पर्ने बताएका थिए ।

    नेपाल कम्युनिस्ट पार्टी सेती व्यूरो कार्यालय सचिव निरक सि ले प्रस्तुत गर्नुभएको अवधारणा पत्र माथि टिप्पणी गर्दै वक्ताहरुले देशमा संकट रहेको र यसको निकास गर्नू पर्ने कुरामा सहमति जनाउदै, पार्टीले सहि दिशा निर्देश गर्नुपर्ने र विगतका नेता तथा पार्टीहरुले झैं धोका नदिन सुझाव दिएका थिए

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी अछाम जिल्ला इन्चार्ज मीना सी, सेती व्यूरो कार्यालय सचिव निरक सि, नेपाली कंग्रेस प्रतिनिधि अनिल रैगाइ, नेकपा एमाले नगरकमिटी अध्यक्ष ढकेन्द्र कुँवर, माओवादी केन्द्रका नगर अध्यक्ष रंग सिं ठकुल्ला, साफेबगर नगरपालिकाका उपमेयर शिव बहादुर कुँवर सहित वडाध्यक्ष ज्यूहरू, समाजसेवी तथा युवा नेता राजन कुँवर , अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष देवकि कार्की, एर्पोट वजार व्यवस्थापन समितिका अध्यक्ष राम ब कुँवर हिमालय ठुला मा वि का प्रअ नेत्र ब बुढा महालक्ष्मी विकास बैंक प्रमुख पुनित शाह लगायत सम्पूर्ण बैंक तथा लघुवित्त संस्थाहरू प्रमुखहरु, समजसेवी, व्यापारी लगायत जनसमुदाय उपस्थिति थियो।

    नेपाल कम्युनिष्ट पार्टी साफेबगर नगरकमिटी सचिव खेमराज सीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य तपेन्द्र सीले स्वागत मन्तव्य राखेका थिए र सञ्चालन कमाण्ड इन्चार्ज तिलक सीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्