News Portal

  • कालिकोटको कोटबाडामा चिलगाडी ३८ बर्ष पछि चल्यो।

    जनगर्जन संवाददाता२०८० फाल्गुण १४
    ३१७ पटक

    पृथ्वी कालिकोट : २ ०४२ सालदेखि निर्माण सुरु भई बीचमा जनावर को गोठ जस्तै बनेको कालिकोट कोटबाडाको सुनथराली विमानस्थलको सोमबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेकपा निकट अखिल समाजबादी केन्द्रिय अध्यक्ष नरेन्द्र सी कर्णाली मुख्यमन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही तामझामका साथ उद्घाटन गरेका हुन्।

    आइतबार तारा एयरको विमान अवतरण गरेर परीक्षण गरेपछि सोमबार उपप्रधान तथा रक्षामन्त्री पुण खड्का, नागरिक उड्डयनमन्त्री किराँती, कर्णाली पूर्वमुख्यमन्त्रीद्वय र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरि विमानस्थलको उद्घाटन गरेका छन ।

    पानसमा बत्ती बालेर विमानस्थलको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री खड्काले लामो समयपछि निकै मिहिनेत र कठिन परिस्थितिका बाबजुद विमानस्थलको उद्घाटन गरेको बताए। विमानस्थल निर्माणका क्रममा मारिएका एक नाबालकसहित ३५ जना धादिङ जोगिमाराका मजदुरप्रति उनले श्रद्धाञ्जलीसमेत व्यक्त गरे।
    विमानस्थलको उद्घाटन भएसँगै अब आवश्यकताअनुसार नियमित उडानका लागि स्थानीय, प्रदेश र संघ सरकारले काम गर्ने उनको प्रतिबद्धता छ।
    सो अवसरमा नागरिक उड्डयनमन्त्री किराँतीले हप्ताको एकपटक यात्रुको चाप हेरेर उडान भर्ने बताए। ‘कोटबाडा मात्र नभएर अहिले कर्णालीका जिल्लामा नियमित उडान हुन सकेका छैनन्। यस्तो अवस्थालाई हेरेर हप्ताको एकपटक नियमित उडान भर्ने प्रतिबद्धता गरेको छ्न किराँतीले भने। साथै सबै प्रदेशमा नेपाल एयरलाइन्सको एक–एक जहाज दिने उनको उद्घोष छ।

    ०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल डेढ वर्षअघि कालोपत्रे सकिए पनि उद्घाटन नहुँदा कालीकोटवासीको ‘चिलगाडी’ चढ्ने सपना पूरा हुन सकेको थिएन। ०७३ माघमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गराए पनि त्यसपछि जहाज आएको थिएन।

    कहिले स्थान छनोटको विवाद, कहिले बजेट अभाव त कहिले सशस्त्र द्वन्द्वको असरले कामले गति लिन नसकेको कोटबाडा विमानस्थल पछिल्लो समयमा पिच भएर पनि जहाज नआउने विमानस्थलका रूपमा चर्चामा रहेको थियो।

    प्रतिकृया दिनुहोस्