News Portal

  • सस्तो लोकप्रियताका लागि मनगणन्त्य समाचार नलेख्न नेपाल लाइभलाई नेकपाकाे चेतावनी ।

    जनगर्जन संवाददाता२०८० फाल्गुण ८
    ४१ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले सस्तो लोकप्रियताका लागि मनगणन्त्य समाचार नलेख्न नेपाल लाइभ डटकमलाई चेतावनी दिएकाे छ । नेपाल लाइभ डटकममा प्रकाशित समाचार खण्डन गर्दै मंगलबार नेकपा उपत्यका ब्युरोले विज्ञप्तिमार्फत मनगणन्त्य समाचार नलेख्न चेतावनी दिएकाे हाे।

    “धम्क्याउदै ५० लाख मागेको आरोपमा विप्लव नेकपाका कार्यकर्ता पक्राउ” भन्ने शिर्षककाे समाचार खण्डन गर्दै नेकपाले पक्राउ परेका व्यक्ति नेकपाका कार्यकर्ता नभएकाे बताएकाे छ । “काठमाण्डौ स्थित चन्द्रागिरि नगरपालिकाबाट पक्रिएको भनिएतापनि ती व्यक्तिहरु संग हाम्रो पार्टीको कुनैपनि संग्लग्नता नरहेको कुरापनि यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहान्छौं।” व्युराे इन्चार्ज कृति सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    “नेपाल लाइभ डट कमको समाचारबाटनै प्रष्ट हुन्छ कि ती व्यक्तिहरुले प्रयोग गरेको चन्दा रशिद नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को रहेको छ। त्यसैले नेपाल लाइभ डट कम मिडियालाई सस्तो लोकप्रियता कमाउन यस्ता गैर जिम्मेवारी ढंगको समाचार सम्प्रेषण नगर्न हाम्रो पार्टी यसै विज्ञप्ति मार्फत सचेत गराउन चाहान्छ र आगामी दिनमा सम्पूर्ण पत्रकार मित्रहरुलाई सत्य र तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्दछौं।” विज्ञप्तमा भनिएको छ ।

    विप्लवले नेतृत्व गरेकाे पार्टीकाे नाम नेपाल कम्युनिस्ट पार्टी हाे । यसलाई छाेटकरीमा नेकपा भनिन्छ । पक्राउ परेका व्यक्ति नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का हुन् । याे पार्टीकाे नेतृत्व कसले गरेकाे छ भनेर खुलेकाे छैन ।

    प्रतिकृया दिनुहोस्