News Portal

  • कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु  ३० जना घाईते

    जनगर्जन संवाददाता२०८० फाल्गुण ३
    ५६४ पटक

    मनबहादुर सहकारी
    कपिलवस्तु वस दुर्घटना १० जना मृतक मध्ये ३ जना सनाखत
    कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । राती १ बजे महेन्द्रनगर बाट काठमाडौ सुनौलो महाकाली  यातायातको बस  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  ।
    सुनौलो महाकाली यातायातले संचालन गरेको सु- प – प्र-०२-००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो । दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।
    मृत्यक मध्ये
    १. पु. सकील मुसलावन भारत मुरादाबाद वर्ष ५५
    २. अर्जुन कुमार योगी, स्यानिखल गापा ३ सल्यान, ४१
    ३. नारायण बहादुर भण्डारी, पौराहि नपा ३ रौतहट वर्ष ५५
    ४. राहुल राम कामी, भीमदत्त नगरपालिका १ कञ्चनपुर, वर्ष २७
    ५. उमेश भण्डारी, भीमदत्त नगरपालिका ४ कञ्चनपुर, वर्ष २४/२५
    ६. महिला सञ्जु थापा, भीमदत्त नगरपालिका १ कञ्चनपुर, वर्ष २७/२८
    थप ४ जनाको खुल्न बाँकी ।
    ७.किशन भट्ट पुनरबास नगरपालिका
    ८.बिमला देबि भट्ट पुनबास ९ बिसफाटा
    ९.सुदिप भट्ट भिमदत्त नगरपालिका २ कञ्चनपुर
    १०.खगेश्वरी खाति भिमदत्त नगरपालिका कञ्चनपुर
    घाइतेहरुमा
    चालक पूणर् चन्द्र , सहचालक अर्जुन कार्की, केशव हमाल ,मनोज विक,नविन भट्ट गिता कुवर,नितिन कुवर,सन्तोष चौधरी,गणेश काफ्ले,नितेश सुनार,श्रीष्टी काफ्ले,रेखा अचार्य, सुनिल कुवर ,राजेश दाहल, लोक बहादुर कार्की, ज्ञानेन्द्र पाल, मोहन सिह लोहार, विशाल भुजेल महेश, सुनार अशोक सिह धामी ,मनोज  सिह धामी लगायत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्