News Portal

  • दिल्ली र वासिङ्टन डिसीकाे ईसारामा सर्वाेच्च अदालतले जनयुद्ध दिवसविरूद्ध आदेश दियाे : विप्लव सी

    जनगर्जन संवाददाता२०८० फाल्गुण १
    २०९ पटक

    कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले भारतको नयाँ दिली र अमेरिकाकाे वासिङ्टन डिसीकाे ईसारामा नेपालकाे सर्वाेच्च अदालतले जनयुद्ध दिवसविरूद्ध आदेश दिएकाे बताएका छन् । मंगलबार नेकपा केन्द्रीय कार्यालयमा आयाेजित २९औं जनयुद्ध दिवसकाे शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विप्लवले यस्तो बताएका हुन् ।
    सर्वाेच्च अदालतका न्यायाधीशले विदेशकाे इसारामा जनयुद्ध दिवसका दिन सार्वजनिक विदासहित जनतालाई उत्सव मनाउन नदिएकाे बताए । विप्लवले नेपालको जनयुद्ध कुनै मुक्ति युद्ध भन्दा कम नभएकाे भन्दै विदेशीलाई याे नपचेकाे बताए ।


    साम्राज्यवादका दलालहरू नेपालकाे जनयुद्धलाई नेपाली जनताकाे युद्ध हाेइन भनेर सावित गर्नका लागि डाैडिरहेकाे विप्लवकाे भनाई थियाे । उनले अदालतकाे आदेशले नेपालका श्रमिक जनताकाे जनयुद्ध मनाउने, उत्सव मनाउने अधिकारबाट बन्चित गरेकाे भएपनि उल्लासमय रूपमा मनाउन सबैलाई अपिल गरे ।
    कार्यक्रमका बाेल्दै उनले नेपालमा जनयुद्ध सफल भएपछि गणतन्त्र आएकाे बताउँदै जनयुद्धमा हारेका हरूले उपलब्धि उल्ट्याउन षड्यन्त्र गरिरहेको जिकिर गरे । ‘उनीहरूले हारेपछि नेपालमा नेपालमा गणतन्त्र आएकाे हाे । अहिले जितेकाले जसरी जनयुद्धलाई अपराधिकरण गरिदैछ ।’, उनले भने, ‘हरूवाहरू अहिले उपलब्धि खाेस्ने षड्यन्त्र गरिरहेका छन् । याे उनीहरूकाे दिवा सपना हुनेछ ।’


    विप्लवले जनयुद्धलाई आंकवादी आन्दोलन, माओवादीलाई आतंककारी भन्दा पनि माओवादी केन्द्रका नेताहरू चुप लागेकाेमा दु:ख व्यक्त गरे । माओवादी केन्द्र ५२ सालकाे माओवादी भन्दा फरक विदेशीहरूकाे हस्ताक्षप बढेको बताए । माओवादी घटकहरूले फागुन १ लाई रक्षा गर्नुपर्नेमा उनकाे काेष थियाे ।

    आफूलाई आतंककारी बनाउन खाेजे सहेर नबस्ने विप्लवकाे उद्घाेष थियाे । ‘हामीलाई आतंककारी बनाउन खाेजे सहेर नबस्दैनां । हामी शान्तिपूर्ण संघर्षबाट परिवर्तन चाहान्छाै, नेपालमा दलाल पुँजीवादकाे अन्त्य चाहन्छाैं ।’, उनले भने, ‘त्यसकाे अन्त्यका लागि ४६ साल जसरी सहकार्य गरेर समाजवादमा जान चाहन्छाै । हामी युद्धमा धकेल्न खाेजे, नेपाली युवालाई दमन गर्न खाेजे फेरी नेपाल उठ्ने छ, फेरी नेपालमा अर्काे विद्राेह हुन्छ । त्यहि बिद्रोहले नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउने छ ।

    कार्यक्रमकाे अध्यक्षता विप्लवले गरेका थिए भने पाेलिटव्युराे सदस्य संजिव सीले संचालन गरेका थिए । कार्यक्रमका उपस्थिति नेता कार्यकर्ता तथा जनसमुदायलाई नेकपा पाेलिटव्युराे सदस्य विजयले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रमका सामना परिवारले बेजाेड प्रस्तुती प्रस्तुत गरेकाे थियाे ।

    प्रतिकृया दिनुहोस्