News Portal

  • माओवादीले गृह युद्ध जितेकाे हाे, साम्राज्यवादसँग लड्ने बेला नेतृत्वबाट धाेका भयाे : अनिल सी

    जनगर्जन संवाददाता२०८० फाल्गुण १
    ५४ पटक

    माओवादीले गृह युद्ध जितेकाे हाे, साम्राज्यवादसँग लड्ने बेला नेतृत्वबाट धाेका भयाे : अनिल सी

    कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले माओवादीले गृह युद्ध पुरै जितेकाे दाबि गरेका छन् । २९औं जनयुद्ध दिवसकाे अवसरमा मंगलबार नेकपा केन्द्रीय कार्यालयमा‌ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अनिलले राष्ट्रिय प्रतिराेध युद्ध लड्ने बेलामा नेतृत्वले धाेका दिएकाे बताए ।

    नेपालमा माओवादीले सुरू गरेकाे जनयुद्ध सफल भएपछि भारतीय साम्राज्यवाद र अमेरिका साम्राज्यवाद माओवादीसँग प्रत्यक्ष लड्नका आएकाेे खुलासा गरे । साम्राज्यवादसँग लड्न माओवादी पंक्ति तयार भएकाे भएपनि नेतृत्वकाे आत्मसमर्पणका कारण जनयुद्ध असफल जस्ता देखिएकाे उनकाे भनाई थियाे ।

    प्रचण्डकाे सम्झौता परास्त नीतिका कारण अहिले जनयुद्धलाई जनयुद्धबाट पराजित भएकाहरूले अपराधिकरण गर्न खाेजेकाे उनकाे भनाई थियाे । यसरी जनयुद्धलाई अपराधिकरण गर्नेका‌ बिरूद्ध नेकपाले‌ शसक्त प्रतिकार गर्नुपर्ने बताए । कार्यक्रमका नेकपा महासचिव विप्लवकाे अध्यक्षता रहेकाे थियाे भने पाेलिटव्युराे सदस्य संजिव सीले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्