News Portal

  • शिवगढी प्रर्यटन बिकाश बोर्डकाे आयोजनामा एक हप्ते महायज्ञ सुरु

    मन बहादुर सहकारी
    १०१ पटक

    कपिलवस्तु । कपिलवस्तु शिवराजनगर पालिकामा शिवगढी प्रर्यटन बिकाश बोर्डले महायज्ञ आयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता माल ब धर्तीले गरेका थिए। महायज्ञ माघ १३ गतेबाट २० गते सम्म जारी रहने छ।

    महायज्ञ कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश यातायात मन्त्री रोज राणा रहेका थिए। मन्त्री रोज राणाले आफुले यो क्षेत्रमा चुनाब नजिते पनि यो ठाउँ आफ्नो कर्म थलो भएकोले आफुले सकेको बिकाश गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । उनले पानसमा बत्ती बालेर ब्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।

    महायज्ञ उद्घाटन कार्यक्रमका अर्का विशिष्ट अतिथि शिवराज नगर पालिका मेयर अजय थापाले महायज्ञ सफलताको शुभकना दिएका थिए। उनले कार्यक्रममा बोल्दै शिबगढी मन्दिर मात्रै नभएर किल्लाको रुपमा यसलाई बिकाश गर्न आफुहरुले छलफल गरिरहेको बताएका छन्।

    यस्तै उनले यातायात क्षेत्रको पूर्ण रुपमा बिकास गर्न नगरपालिकाले पहल गरेको र थप केबुलको बिकाश गर्ने योजना समेत रहेको उनले बताए । यसै गरि बिजयनगर गाऊँपालीका अध्यक्ष गोपाल थापाले शिवगढीको बिकाश भनेको समग्रमा कपिलवस्तुको पहिचान हुने बताएका छन। बिजय नगरपालिकाले जुनसुकै समय आफ्नो पहल जारी राख्ने प्रतिबद्धता जाहेर गरेका थिए।

    सो महायज्ञ उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य सरस्वती माबिका प्रअ बिक्रम केसीले राखेका थिए । उनले मन्तव्यका क्रममा शिबगढी ३०० बर्ष पुरानो किल्लाको रुपमा स्थापित भएकाले यसको बिकास प्रचार प्रसार गर्न यो महायज्ञबाट केही पुर्बधार बिकाशको योजनामा समेत सहयोग पुग्ने बताएका छन् ।

    महायज्ञ उद्घाटनको क्रममा स्थानिय जन्ता, स्थानिय स्कुलहरुको र्यालि र १०८ कलस, पन्चेबाजासहितको प्रर्दशन रहेको थियो।

    प्रतिकृया दिनुहोस्