News Portal

  • माइला सीको श्रव्यदृश्य गीत ‘समाजवाद’ भोलि सार्वजनिक हुुने

    जनगर्जन संवाददाता
    १८० पटक

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका पिबिएम तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष माइला सीद्वारा रचित ‘समाजवाद’ श्रव्यदृश्य गीति सिर्जनाकाे भोलि राष्ट्रिय नाचघर जमलमा दिउँसो १२:०० बजे एक सार्वजनिकीरण समारोहबीच  सार्वजनिक हुने भएको छ ।

    अखिल नेपाल जनसांस्कृतिक महासंघको आयाेजनामा सार्वजनिकीरण समारोहमा टिप्पणीकार सांस्कृतिक चिन्तक/बरिष्ठ गीतकार/संगितकार मणी थापा, नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा साहित्यकार/सांस्कृतिक चिन्तक अनिल सी लगाएतको उपस्तिथि रहने टिप्पणीकार समेत रहेका पार्टीका केन्द्रिय सदस्य आरोह सीले जानकारी दिएका छन् ।

    ‘समाजवाद’ गीति सिर्जनाको गएको हप्ता चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ थानकोट कोतघरमा जनतासहितकाे उपस्थितिमा छायांकन भएको थियो । केन्द्रिय सामना परिवार कलाकारहरुको अभिनय रहेको उक्त म्युजिक भिडियोमा देशमा भएको आर्थिक संकटद्वारा उत्पन्न समस्याको चित्रण गरिएको छ ।

    देश भएको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत तमाम समस्याको समाधान नेपाली विशेषता सहितको समाजवाद नै हो भन्ने भाव समावेश गरिएको छ ।

    प्रतिकृया दिनुहोस्