News Portal

  • नेपाल कम्युनिस्ट पार्टी राप्तिव्युराेकाे दाेस्राे पूर्ण बैठक सम्पन्न

    जनगर्जन संवाददाता
    १८० पटक

    दाङ/ नेपाल कम्युनिस्ट पार्टी राप्तिव्युराेकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएको छ। पार्टीका व्युराे इन्चार्ज कमरेड सविन सीकाे अध्यक्षतामा नेकपा पुर्वीदाङद्वारा संचालित सी कृषि फार्मकाे धान उत्पादन केन्द्रमा रहेका एकीकृत कृषि भवनमा राप्तिव्युराेकाे बैठक सम्पन्न भएको हाे।

    व्युराेकाे बैठकले राजनीतिक, वैचारिक,संगठन, संघर्ष, आर्थिक,उत्पादन,साँस्कृतिक, नमुना कार्य,प्रकाशन तथा सूचना संचार, प्राविधिक तथा विविध बिषयमा निर्णय गरेको व्युराे कार्यालय सचिव बिकास सीले जानकारि दिए। आफ्नो पार्टीको व्युराेकाे बैठकले राप्तिक्षेत्रमा समाजवादी माेर्चाका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गर्न सम्पूर्ण पार्टीपंक्तिलाई परिचालन गर्ने, नेपाली बिशेषताकाे समाजवादका लागि राप्तिक्षेत्रमा विशेष अभियान संचालन गर्ने तथा यश क्षेत्रमा रहेका समाजवाद पक्षधर सबै शक्तिहरुसंग सहकार्य गर्ने, युवापुस्ताकाे नयाँसाेचलाई समाजवाद निर्माणमा रुपान्तरण गर्ने, राप्तिक्षेत्रमा युवा विद्यार्थी बिशेष अभियान संचालन गर्ने, व्युराेक्षेत्रमा श्रक संस्कृतिलाई व्यापक बनाउने, ‘मिशन आत्मनिर्भर उत्पादन’ अभियान अन्तरगत लगाइएका धानबालि लगायतका बर्षेबालिहरुकाे बिशेश हेरचाह गर्ने साथै पहिलो छ महिने आवधिक याेजना सफल पार्न व्युराेक्षेत्रमा सहयोग गर्ने सबैलाई बिशेष धन्यवाद दिने लगायतका निर्णयहरु गरिएको बैठकमा सहभागी उत्तर सल्यान जिल्ला इन्चार्ज कमरेड भीम सीले बताए ।

    महान सहिदहरुप्रति १ मिनेट माैनधारण गरेर सुरु भएको राप्तिव्युराेकाे साे बैठकमा पार्टीका राजनीतिक समिति सदस्य कमरेड शितल सी, पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य कमरेड सुन्दर सीले हालै सम्पन्न पार्टी केन्द्रीय समितिले पारित गरेको दस्तावेज तथा राजनीतिक बिषयमा प्रशिक्षण दिएका थिए। बैठकमा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य कमरेड पाटन जंगली सी, युवा संगठनकै महासचिव तथा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड तिलक सी लगायतका अतिथिहरुकाे बिशेष उपस्थिति रहेको थियो ।

    बैठकमा सल्यान, रुकुम पुर्व र पश्चिम, राेल्पा, दाङ पुर्व र पश्चिम लगायतमा कार्यरत केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सचिवहरु सहभागी रहेका थिए।

    प्रतिकृया दिनुहोस्