जनगर्जन संवाददाता



पुष २४ काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशभर प्रदर्शनको थप कार्यक्रम घोषणा गरेको छ ।
पुस २५ देखि माघ ७ सम्म जसपाले देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर आन्दोलनको घोषणा गरेका हुन् ।पार्टीले सरकारका कदमविरूद्ध चरणवद्ध कार्यक्रम ल्याएको जसपाले उल्लेख गरेको छ।
पुस २५ गते विराटनगर, धनगढी र भैरहवामा कार्यक्रम हुनेछ। पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव विराटनगरमा हुने कार्यक्रममा सहभागी हुनेछन्।
अर्का अध्यक्ष महन्थ ठाकुर भैरहवामा हुने कार्यक्रममा सहभागी हुने जसपाले जानकारी दिएको छ।
