News Portal

ललिता निवास प्रकरण: दुई जना रिहा

जनगर्जन संवाददाता
२४० पटक

 

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् ।

मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम  र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका छन् ।

स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका अन्यलाई भने आजै काठमाडौँ जिल्ला अदालतबाट थप ५ दिन म्याद थप भएको छ ।

 

प्रतिकृया दिनुहोस्