News Portal

  • विश्वले नयाँ बहु ध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको : राष्ट्रपति पुटिन

    जनगर्जन संवाददाता
    १९१ पटक

    मस्को । विश्वले नयाँ बहु ध्रुवीय विश्व व्यवस्थाको निरन्तर  सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।  मंगलबार मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी ११ औं सम्मेलनमा उनले सो धारणा राखेका हुन् ।

    बहुध्रुवीयतातर्फ विश्वव्यापी परिवर्तनको चर्चा गर्दै पुटिनले भने,’अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित, परम्परा, संस्कृतिको रक्षा गर्न तयार छन्।’

    उनले बहु ध्रुवीय विश्व व्यवस्थाले अन्ततः ‘स्थिर र दिगो विश्वव्यापी विकास’ मा योगदान पुर्‍याएको बताए ।  उनले यसले दबाबमा रहेका सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय चुनौतीहरूको समाधान गर्न मद्दत गर्ने पनि बताए । उहाँले भने,’हाल विश्वभर नयाँ द्वन्द्व उक्साउने र विद्यमान द्वन्द्वलाई बढाउने प्रयास गर्नेहरूले राष्ट्रहरूलाई विभाजन गरेर शक्तिकेन्द्रको आज्ञाकारी बनेको र अन्य राज्यहरूको स्रोतको दोहन गरेर मानव त्रासदीबाट फाइदा लिन खोजिरहेका छन् ।’

    ‘संयुक्त राज्य अमेरिकाले एशिया-प्रशान्त क्षेत्रमा अन्तरराज्यीय सम्बन्धको विद्यमान प्रणालीलाई उपयुक्त ठान्दै  पुनर्संरचना गर्ने इच्छा राखेको र वाशिङ्गटनको इन्डो-प्यासिफिक रणनीतिहरू अमेरिकी नेतृत्वमा सैन्य र राजनीतिक संघहरू गठन गर्ने उद्देश्यले मात्र अभिप्रेरित छ,’ पुटिनले भने ।

    नेटो सदस्य राष्ट्रहरूले सक्रिय रूपमा आफ्नो आक्रामक क्षमताको निर्माण गरिरहेको र अन्य राज्यहरूमा दबाब दिन सैन्य तथा गैर-सैन्य माध्यमहरू प्रयोग गरिरहेको राष्ट्रपति पुटिनको दाबी छ ।

    युक्रेनमा अर्बौं डलर लगानी गर्दै कीभलाई उपकरणहरू आपूर्ति गरेर पश्चिमी राष्ट्रहरूले द्वन्द्वलाई अझ चर्काउँदै लगेको र अन्य देशहरूलाई यसमा तानिरहेको पुटिनको धारणा छ ।-(रासस-सिन्ह्वा)

    प्रतिकृया दिनुहोस्