जनगर्जन संवाददाता



२३ पुस, सुर्खेत । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ, २ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपाली भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।
