News Portal

प्रहरीले बिनाइजाजत वाकीटकी बोक्नेको खोजी गर्दै

जनगर्जन संवाददाता
३१६ पटक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनमा प्रहरीले अहिले वाकीटकी प्रयोग गर्ने व्यक्तिहरूको विषयमा अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले वाकीटकीको प्रयोग बिना इजाजत गरिएको जानकारी प्राप्त भएको बताए।

वाकीटकी बोकेर ट्राफिक व्यवस्थापन गरेको भनिएका व्यक्तिहरूको खोजी भइरहेको उनले बताए।

डिएसपी पण्डितले भने, ‘अहिलेसम्म कोही पनि भेटिएको छैन। ती व्यक्तिहरू चितवनका नहुन पनि सक्छन्।’ उक्त व्यक्तिहरुलाई खोजिरहेको प्रहरीले जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्