News Portal

रुसबाट ४७ वर्षपछि उड्यो चन्द्रमामा मिसन लूना-२५

जनगर्जन संवाददाता
३५४ पटक

 

काठमाडौं । रुसले ४७ वर्षपछि चन्द्रमामा मिसन पठाएको छ। रुसले मिसन लूना–२५ प्रक्षेपण गरेको हो। यो मिसन चन्द्रमाको दक्षिणी ध्रुवमा उत्रिने छ।

 

 

यो मिसनको उद्देश्य चन्द्रमामा पानी खोज्ने बताइएको छ। रुसको अन्तरीक्ष एजेन्सी रोस्कोस्मोसका अनुसार लूना–२५ अगस्ट २१ वा २२ मा चन्द्रमामा उत्रिने छ। लूना २५ मा रोभर र ल्याण्डर राखिएको छ। ८ क्विन्टलको लूना–२५ ले चन्द्रमामा सफ्ट ल्याण्डिङ गर्ने बताइएका छ।

यो मिसनको अर्को उद्देश्य सहज रुपमा चन्द्रमामा अवतरण गराउने प्रविधिको विकास गर्नुसमेत रहेको छ। यसअघि रुसले सन् १९७६ मा चन्द्रमामा मिसन लूना–२४ उतारेको थियो।

उक्त मिसन चन्द्रमाबाट १ सय ७० ग्राम माटो लिएर सुरक्षित रुपमा पृथ्वीमा फर्किएको थियो।

प्रतिकृया दिनुहोस्