News Portal

  • आजदेखि खेलकुदका कर्मचारी आन्दोलनमा

    जनगर्जन संवाददाता
    ११५ पटक

    facebook sharing button

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का कर्मचारीहरुले लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । आज विहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीहरुले कोण सभा गर्ने कार्यक्रम रहेको छ ।

    नेपाली खेलकुदको सर्वोच्च निकाय हो, राखेप । कर्मचारी संघका अनुसार, २७ वर्षदेखि खेलकुद परिषदका कर्मचारीको बढुवा प्रक्रिया रोकिएको छ । तीन सय ८५ जना कर्मचारीको बढुवा प्रक्रिया रोकिएको राखेप कर्मचारी संघले जनाएको छ ।

    कर्मचारी संघले आन्दोलनका क्रममा साउन २८ देखि ३० गतेसम्म कालो पट्टी बाँधेर कार्यालयको नियमित काम गर्ने । साउन ३१ गते कालो पट्टी बाँधेर एक घण्टा पेन डाउन गर्ने तथा साउन ३२ र भदौ १ गते कालो पट्टी बाँधेर दुई घण्टा पेन डाउन गर्ने जनाएको छ ।

    राखेपको बोर्ड बैठकले बढुवा प्रक्रिया अगाडि बढाए पनि अन्तिम चरणमा पुगेर रोकिएको संघले जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयमा रहेका केही कर्मचारीका कारण राखेप कर्मचारीको बढुवा प्रक्रिया अवरुद्ध भएको संघको आरोप छ ।

    पहिलो चरणको आन्दोलनबाट समस्या समाधान नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने कर्मचारी संघकी ध्यक्ष सरस्वती केसीले बताइन् । उनले २७ वर्षदेखि राखेपका कर्मचारीको बढुवा रोकिएको भन्दै बाध्य भएर आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको जानकारी दिइन् ।

    युवा तथा खेलकुद मन्त्रालयका मन्त्री, राखेपका उपाध्यक्ष, राखेपका सदस्यसचिव सबैले सहयोग गर्दा पनि केही व्यक्तिका कारण बढुवा प्रक्रिया रोकिएको आरोप उनले लगाइन् । अध्यक्ष केसीले ती व्यक्तिको नाम नभने पनि कर्मचारी संघका महासचिव कुमार बस्नेतले भने बढुवा प्रक्रिया रोक्ने ब्यक्तिको नाम नै तोकेका छन् ।

    ‘युवा तथा खेलकुद मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठ र कुमार दाहालले बढुवा प्रक्रियामा अवरोध सृजना गर्नुभएको छ । उहाँहरुले किन यसो गर्नुभएको हो थाहा छैन । हामीले कानुन कमोजिम बढुवा खोजेको हो,’ उनले भनेका छन् ।

    प्रतिकृया दिनुहोस्