News Portal

  • सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपडबहादुर बोहराले दिए राजीनामा

    जनगर्जन संवाददाता
    ४५५ पटक

    पुष २२ काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले ओली पक्षमा लागे पछि राजीनामा दिएका छन् ।

    नेकपा विभाजन भएपछि केपी शर्मा ओली समूहमा लागेका बोहोराले पत्रकार सम्मेलन नै गरेर राजीनामाको घोषणा गरेका हुन् ।

     

    ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई यस अघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।

    ५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अन्य सबै प्रचण्ड–माधव समूहमा छन् ।
    केन्द्रमा संसद विघटन भए पछि प्रदेश स्तरमा पनि तनाव चर्किएको छ ।

    प्रतिकृया दिनुहोस्