News Portal

  • नेकपा कास्की जिल्ला समितिको छैठौ पुर्ण बैठक सम्पन्न

    जनगर्जन संवाददाता,बागलुङ
    २५२ पटक

    शेर ब.बिश्वकर्मा
    पोखरा – नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समीतिको बैठक अगावै कास्की जिल्ला पार्को छैठौ पुर्ण बैठक पोखरा को औद्योगिक क्षेत्र नहरचोक स्थीत पार्टी क्याम्पमा सम्पन्न भएको छ ।

    पार्टीले कृषि द्वारा ग्रीन रिभोलुसन गर्ने निति न्याय सँगै कार्यनयन मा आएको कामको समिक्षा साथै केन्द्रीय समिति र प्रतिनिधि सदस्य  समिति को बैकमा राख्नु पर्ने जिज्ञासाहरु छलफल गर्ने मुख्य एजेन्डाका साथ बैठक राखीएको हो ।

    नेपाल कम्युनिष्ट पार्टीको समान समाजवादी मोर्चामा एक बन्ने निर्णयले सबैमा प्रश्न उठाएको र आम जनसमुदायमा “विप्लव र प्रचण्ड एक भए” भन्ने भ्रम पैदा भएको देख्न सकिन्छ र यही अवस्थामा विप्लवको कृषि श्रम द्वारा लक्षित ग्रीन रिभोलुसन ल्याउने विषयमा बैठक केन्द्रीत भएको थियो।

    कास्की जिल्ला ईन्चार्ज उभार सी ले “समस्या नभए सम्म समाधानको खोजी नहुने हुँदा समस्या हुनु राम्रो कुरा हो। राजनैतिक बैचारीक समस्या आउदाँ बहसका लागी खोजी गरीने र आफ्नो पनि ज्ञान बढ्ने हुन्छ।” भन्दै आफ्नो भनाई राखेका थिए।

    केन्द्रिय पोलिट ब्युरो सदस्य तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज राजन सी एवम् बैठकका प्रमुख अतिथिले “पार्टीलाई प्रहार गरेर, भ्रमको खेती गरेर केहि मिडियाकर्मिले आफ्नो फाईदा अनुसार देखाएको कुरा सत्य हो। कार्य ले सफाई दिनुपर्छ त्यसैले आफु प्रष्ट बन्नुस त्यसपछि राजनितिमा मुर्तता आफै आउछ ,जाँगर चलेर आउछ । अरुले भनेका कुरालाई नजरअन्दाज गर्ने होइन त्यसलाई विश्लेषण गर्ने खोज गर्ने ज्ञान लिने र निर्धक्कका साथ समाजवादी क्रान्तिमा लाग्ने हो । मोर्चा बन्दी हुन सक्छ पार्टी एकतापनि हुन सक्छ तर जनताका सपना छोडेर होइन । चुनावमा भाग लिन मोर्चा गठन गर्नु, एकता गर्नु रणनैतिक निति हो ,पार्टीको कार्यनिति होइन । पार्टी एकता हुँदा विचार मिल्नुपर्छ, बैचारीक-राजनैतिक रूपमा एक हुनु पर्छ ,एकले अर्कालाई मान्नुपर्छ भने मोर्चा बनाउदा केही मुद्दा र केही बिचार मात्र मिल्दा हुन्छ, मुद्दा नमिल्दा कुनै पनि बेला मोर्चा भन्दा वाहीर हुन सकिन्छ । साधारण  ढङगले काम गर्नुपर्छ किनकी राजनिति अब चिच्चाउदा सामान्य बन्छु भने शान्तिपूर्ण रूपले आफ्नो काम गर्दै गरेका कामले पहिचान गराउछ । त्यसैले हामी सही कार्य दिशामा छौ सही विचार र नेतृत्वमा छौ, भ्रममा नपरी आफ्नो कार्यक्षेत्रमा पूर्ण रूपले लागौ।” भन्दै आफ्नो भनाइ राखेका थिए।

    बैठकको अध्यक्ष्यता काजी सी ले गर्नुभएको थियो भने प्रमुख अतिथि नेकपा पोलिट ब्युरो सदस्य एवमं पश्चम गण्डक ब्युरो इन्चार्ज राजन सी, केन्द्रीय प्रतिनिधि सदस्य एवमं पश्चिम् गण्डक ब्युरो सदस्य सोममाया सी, कास्की जिल्ला इन्चार्ज उभार सी, आमन्त्रीत विद्यार्थी नेता उपेन्द्र सी लगाएत जिल्लाका नेता कार्यकर्ता उपस्थीत भएका थिए।

    बैठक  “दस बर्षे जनयुद्ध लागाएत विभिन्न समयमा भएको परिवर्तनकारी आन्दोलनमा सहादत प्राप्तगर्ने सहीदहरू प्रति श्रद्धान्जली, बेपत्ता प्रति सम्मान र घाईते अपाङग प्रति समवेदना प्रकट गर्दै एक मिनेट मौन धारण बाट” सुरुवात गरिएको थियो। रिपोर्टिङ र कृषि श्रम‌को समिक्षा पस्चात प्रशिक्षण राखीएको थियो भने आर्थिक र संगठानिक विवरण सहीत बैठक समापन भएको थियो ।

    प्रतिकृया दिनुहोस्