News Portal

  • नेकपाका महासचिव विप्लव सीको नेतृत्वमा जनस्वास्थ्य केन्द्र परिसरमा वृक्षरोपण

    जनगर्जन संवाददाता
    १९२ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले शनिबार शिवराज नगरपालिका वडा न ९ कपिलवस्तुमा रहेको जनस्वास्थ्य केन्द्र परिसरमा वृक्षरोपण गरेको छ। सो पार्टीका महासचिव विप्लव सी को उपस्थिति र जनस्वास्थ्य केन्द्रको पहलमा २ सय ५० ओटा उन्नत जातका आपका बिरुवाहरु वृक्षारोपण गरिएको नेकपा कपिलवस्तुका सेक्रेटरी बिनोद सी ले बताए ।

     

    कपिलवस्तुस्थित बिजयनगर गाउँपालिकाको आर्थिक सहयोगमा प्राप्त करिब ४ सय बिरुवा मध्ये नेकपाको पार्टी कार्यालय कम्पाउण्डमा ५० ओटा, प्रकाश मा वि सुन्दरी डाडामा २५ ओटा, बानियाभार चोकको सामुदायिक बनमा६ ओटा, सहिद प्रतिष्ठान नेपालको कार्यालयमा ५ ओटा, अञ्चलापुर तुरुन्तपुर सामुदायिक भवनमा ५ ओटा र करिब १०० ओटा बिरुवा स्थानीय नागरिकलाई बितरण गरिएको थियो।

    उक्त वृक्षारोपण कार्यक्रमममा नेकपा नेताहरू असल सी, सञ्जीव सी, शुसिल सी, अडिग सी लगायतका नेताकार्यकर्ताहरुसहित स्थानीयहरुको सहभागिता रहेको थियो भने नेपाल कम्युनिस्ट पार्टीले यसअघि पनि कपिलवस्तु लगाएत देशका बिभिन्न क्षेत्रमा वृक्षारोपण, धान रोपाइँ, तरकारी खेती, फलफुल खेती र माछा पालन सहित उत्पादनका कामहरू गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस्