News Portal

  • आन्दोलनकारीको नारा : “अन्धो सरकार यता हेर ! आरती शाहलाई न्याय दे”

    जनगर्जन संवाददाता
    १०९ पटक

    काठमाडौं । दाईजो नदिएको निहुमा हत्या गरीएकी आरती शाहको हत्या भएको ७५ दिन वित्दा पनि न्याय नपाएको भन्दै पीडित परिवारले अन्धो सरकार यता हेर ! आरती शाहलाई न्याय दे ! भन्दै काठमाडौको माईतीघर मण्डलामा धर्ना दिएका छन । पीडित परिवारले आरती शाहको न्यायको लागि धर्ना बसेको पनि सुक्रवार ५० दिन पुरा भएको छ ।
    उनीहरुले प्रधानमन्त्री र गृहमन्त्री यता हेर ! पीडित परिवारलाई न्याय देउ ! प्रहरी उपरिक्षक विश्वराज खड्का र प्रहरी नायव उपरिक्षक वेदप्रकाश गौतम लगायतका प्रहरी अधिकृतलाई कार्वाही गर ! लगायतका नाराहरु माईतिघरमा लगाउने गरेका छन ।
    धनुषा जिल्लाको जनकपुरधाम उप– महानगरपालिका वडा नम्वर– ९ थापागाउँ घर भएकी आरती शाहको गत जेठ ७ गते दाईजो नल्याएको निहुमा श्रीमान सहित घर परिवारका सदस्यहरुले मिलेर हत्या गरेको आरतीका भाई धिरज शाहले बताउनु भएको छ ।
    धिरजका अनुसार दिदि आरतीको श्रीमान मोतिवावु शाह, ससुरा मदनमोहन शाह, सासु रेतुदेवी शाह र देवर रवी शाहले मिलेर हत्या गरेका थिए ।
    पीडित परिवारले हत्या गर्ने हत्याराहरु विरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले षड्यन्त्र गरी चारै जनाको नामको जाहेरी नलिएको गुनासो गरेका छन । पीडितपक्षको धेरै ठुलो प्रेसर पछि प्रहरीले श्रीमान मोतिवावु र ससुरा मदनमोहनको नाममा मात्र किटानी जाहेरी दर्ता गरेको अहिले जिल्ला अदालत धनुषामा मुद्धा विचारधिन छ ।
    पीडित परिवारका सदस्यहरुले मुद्धा २ जनाको नाममा अगाडि वढे पनि प्रहरी र सरकारी वकिले आफै लेखिएको वकपत्रमा जवर्जस्ती हस्ताक्षर गराएर मुद्धा कमजोर बनाउने खेल खेलिरहेको भन्दै आपत्ति जनाएका छन ।
    ५० दिन देखि काठमाडौमा धर्नामा बसेका आरतीका माईतिपक्षहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउदै मिशन नेपालकी महिला प्रमुख जेनिशा वोहोरा र युथ एशोसियसन अफ नेपालका प्रवक्ता राजकुमार महत्तो पनि सहभागी हुनुहुन्छ ।
    मिशन नेपालकी महिला प्रमुख बोहोराले पीडित परिवारको मागलाई सरकारले समेत सुनुवाई नगर्नु अन्याय भएको वताउनु भयो ।
    उहाँले भन्नु भयो “पीडितले न्याय नपाउदा गार्हो भयो । यत्तिका लामो समय सम्म काठमाडौ वस्दा खान वस्न गार्हो छ । सरकारले कान सुनेको छैन । हामीले गृहमन्त्रालय सम्म कुरा पुर्यायौ कुनै सुनुवाई भएन ।”
    पीडित परिवारले घटनालाई कमजोर बनाउने र ढाकछोप गर्न खोज्ने प्रहरी अधिकारी, पोष्टमार्टम रिपोर्ट तयार गर्ने चिकित्सक, राहेरी दर्ता नगरी हप्काउने न्यायधिवक्ता धर्मअवतार कोइराला र सहायक न्यायधिवक्ता अजित कर्णलाई समेत कार्वाही गरिनुपर्ने माग गरेका छन ।
    पीडित परिवारले आरतीको सासु रेनुदेवी र देवर रवी आरतीकोे हत्या प्रकरणमा संलग्न भएको यथेष्ट प्रमाणपत्र प्राप्त हुदा पनि पक्राउ नगरिएकोमा असन्तुष्ट व्यक्त गर्दै उनीहरुलाई पक्राउ गरी कार्वाही गर्नुपर्ने माग गरेका छन ।
    प्रहरीले उल्टै आरतीको माईतीपक्षलाई कुटपीट गरेको घटना आपत्तिजनक भएको भन्दै घटना सिआईवीवाटै गहिरो अनुसन्धान गरिनुपर्ने माईतिपक्षको माग छ ।
    आरतीका माईतिपक्षले भनेका छन “आरतीको हत्या हुदा उनी दुई महिनाकी गर्भवती थिईन,सो गर्भवती अवस्थाको कुरा पोष्टमार्टमले समेत देखाएको र पुष्टि गर्नका लागि नमूना परिक्षण गर्न पठाईको तर हालसम्म पनि परिक्षण नगरिएको र गर्न नसकिने कुरा गरेकोले त्यस सम्वन्धि जाँच गराईपाँउ ।”
    पीडित परिवारले आरतीको शिघ्र न्यायको माग गर्दै आफुहरुले सुरक्षाको ग्यारेण्टी सहित क्षेतिपूर्ति पाँउनु पर्ने माग गरेका छन ।

    प्रतिकृया दिनुहोस्