News Portal

  • प्रस्तावित ६ राजदूत अनुमोदित

    जनगर्जन संवाददाता
    १४४ पटक
    काठमाडौं : सरकारद्वारा विभिन्न देश र कुटनीतिक नियोगका लागि सिफारि गरेका ६ जना राजदूत अनुमोदित भएका छन् ।

    संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले अनुमोदित गरेका राजदूतमा न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदुतमा घनश्याम लम्साल, थाईल्याण्डका लागि धनबहादुर ओली र फ्रान्सका राजदूतमा सुधीर भट्टराई रहेका छन् ।

    संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेसँगै राष्ट्रपतिबाट नियुक्तिको बाटो खुलेको छ ।

     

    प्रतिकृया दिनुहोस्