News Portal

  • वरिष्ठ सई उज्वल पौडेल को घटनामा आमा-छोरा पक्राउ

    जनगर्जन संवाददाता,बागलुङ
    ८९ पटक

    बागलुङ – बागलुङमा मृत भेटिएका वरिष्ठ सईको घटनामा प्रहरीले आमा-छोरालाई पक्राउ गरेको छ।

    बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटलमा मंगलबार बिहान २ बजे प्रहरी वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    पक्राउ पर्नेमा ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद छन्।

    प्रहरीले उनी मृत भेटिएकै होटलको घरबेटी र उनका छोरालाई पक्राउ गरेको हो।

    अनुसन्धानको सिलसिलामा शंका लागेकाले जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्