News Portal

  • सूर्यविनायक नगरपालिका कार्यालयसँग एन आई सी एसिया बैंक लिमिटेडको विस्तारित काउण्टरको वीस्तार

    जनगर्जन संवाददाता
    ७९२ पटक

    काठमाडौँ, २० पौष सूर्यविनायक नगरपालिका कार्यालयसँग एन आई सी एसिया बैंक लिमिटेडको विस्तारित काउण्टरको वीस्तार भयको छ । उत शाखा कार्यलयको समुद्घाटन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले गर्नुभयो । योसँगै नगरपालिकाका जनताले बैंकिङ क्षेत्रको सेवा र सुविधाहरु आफ्नै घर आँगनबाट पाउने भएका छन् ।

    उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एन आई सी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्ग जस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पुयाउने बताउनुभयो । देशको अर्थतन्त्रलाई सुदृढीकरण गर्नका लागि बैंकिङ्ग प्रणालीको महत्वपूर्ण भूमिका रहेकोमा यस बैंकसँगको साझेदारीले थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै सूर्यविनायक नगरपालिकाकै दधिकोटको वडा नं. ४ वडा कार्यालयसंगै नवनिर्मित महानगरीय प्रहरी प्रभाग दधिकोटको अस्थाई प्रहरी बिट आइतवार समुद्घाटन गर्नुभयो । उक्त क्रममा नेता बस्नेतले समाजमा शान्ति सुरक्षाको अमनचयन साथै समाजमा हुने विभिन्न प्रकारका गैरकानुनी गतिविधि, चोरी डकैतीलगायतका कार्यहरु पूर्ण रुपमा निस्तेज हुनेमा विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीले जनताको घरघर तथा टोल टोलमा पुगी जनताको पक्षमा गरेको कार्यलाई उच्च मूल्याङ्कन गर्दै नेता बस्नेतले प्रहरी जनताको साथी भएको बताउनुभयो ।

    पूर्वमन्त्री बस्नेतले शनिवार सूर्यविनायक नगरपालिका वडा नं ९ स्थित बाचामारीबाट नन्दीकेश्वर महादेव जाने सडकको भाराली खोलामा नव निर्मित पुलको उद्घाटन समेत गर्नुभयो । उद्घाटनका क्रममा नगर प्रमुख बाशुदेव थापा,उपमेयर जुना बस्नेत, वडा अध्यक्षहरु उपेन्द्र केसी, रविन्द्र सापकोटा, किरण थापा, शिवराम राउत सहितको उपस्थिति रहेको थियो ।

    राष्ट्रिय युवा संघ नेपालका इन्चार्जसमेत रहनुभएका नेता बस्नेतको बिशेष पहलमा सडक विभागद्वारा विनियोजित रु २ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं १ र ४ को सिमानामा पर्ने चरखण्डी पातलेटार सडक खण्डको बाटो ८ मिटर चौडा विस्तार, स्तरोन्नती र कालोपत्रे (आस्फाल्ट पिच) लागि भैरहेको कामको स्थलगत अनुगमन र निरीक्षण समेत गर्नुभयो । उक्त क्रममा नेता बस्नेतको साथमा मेयर थापा, उपमेयर बस्नेत, वडा अध्यक्ष र वडा सदस्यहरु सहितको टिमको सहभागीता थीयो ।

    प्रतिकृया दिनुहोस्