News Portal

  • रुप्से झरना हेर्दा चिप्लिएर एकको मृत्यु

    जनगर्जन संवाददाता
    ७८ पटक

    म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ ।

    काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. १ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    प्रहरी निरीक्षक किरण लामाका अनुसार, ढुंगाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई जिल्ला अस्पताल बेनीमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारी आफुले टेकेको ढुंगाबाट चिप्लिएर खसेका थिए ।

    प्रतिकृया दिनुहोस्