News Portal

जमिन फाटेर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु

जनगर्जन संवाददाता
२९४ पटक

कास्की,। पोखरा महानगरपालिकामा मैदान फाटेर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका- ८ नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुली शनिबार खेल्ने क्रममा उक्त प्वालमा खसेको जानकारी आएको सशस्त्र प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका-१५ स्थित सिताराम हाउजिङ नजिकै रहेको खेल मैदान भासिएर बनेको प्वालमा बालिका खसेर अड्किएकी थिइन्।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली खटिएको थियो। गोताखोरले अन्दाजी दुई सय मिटर गहिराईबाट बालिकालाई निकालेका थिए।

अचेत अवस्थामा रहेकी उनलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषित गरेका प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्