


पुष १९ कैलाली । सुदुर पश्चिम प्रदेशमा नेकपा ओली समुह कमजोर देखिएको छ । प्रदेश सभाका जम्मा ६ जना सांसदले आफूहरु ओली समुहमा रहेको बताएका न् । हिजो बोलाईएको संसदीय दलको बैठकमा प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले निर्णयमा हस्ताक्षर नगरी ओली पक्षमा रहेको बताएका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोध गर्दछ, फुट र विग्रहमा नलाग्न पार्टी कार्यकर्तालाई आह्वान गर्दछ र नेकपाको प्रदेश सभाका सदस्य विधानसम्मत बहुमतको पक्षमा रहेको स्पष्ट पार्दछ भन्ने ३ बुँदे निर्णय गरिएको छ।
बैठकमा सहभागी ३६ मध्ये बाँकी ३० जना सांसदले भने उक्त निर्णयमा हस्ताक्षर गरेको दावी प्रचण्ड माधव समुहले गरेको छ ।
प्रदेश सभाको ५३ सांसद मध्य ३९ जना नेकपाको मात्रै रहेको छ । सुदुरपश्चिमका प्रभावशाली नेता भीम रावल पनि प्रचण्ड माधव समुहमै रहेका छन् । हिजोको संसदीय दलको बैठकमा उनी पनि उपस्थित थिए ।सुदुरपश्चिमका अर्का नेता लेखराज भटट ओली समुहमा लागेर उद्योग मन्त्रालय सम्हालीरहेका छन् ।
