जनगर्जन संवाददाता



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिको कार्यकर्ता भेलामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपाको राजमार्गमा तगारो आएको बताएका छन् । श्रेष्ठले प्रचण्डबाट खडा भएको तगारो हटाउन आफूहरु नथाक्ने पनि बताए ।
नेकपा अध्यक्ष केपी ओलीले नेपालमा कम्युनिस्ट पार्टी बनाउने सपनाका साथ माओवादी केन्द्रसँग एकता गरेको पनि बताए । तर त्यसमा प्रचण्डबाट अवरोध खडा गरिएको श्रेष्ठको आरोप थियो । प्रचण्ड लोभी पापी चिन्तन बोकेर हिँडेको पनि उनले आरोप लगाए ।
प्रचण्डलाई पुष्पकमल दाहाल बनाए पनि फेरि प्रचण्ड हुँदा अहिलेको अवस्था आएको बताउँदै उनले केपी ओेली नै नेकपाको संस्थापन भएको दावी गरे । राष्ट्रपति र प्रधानन्यायधीशमाथि महाभियोग तथा प्रधानमन्त्रीमाथि अविश्वासको तयारी भएकोले संसद विघटन गरिएको श्रेष्ठले बताए ।
