News Portal

  • सहिद खगेन्द्रकि आमाकाे स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    जनगर्जन संवाददाता
    ३१८ पटक

    १३ चैत्र २०७९, काठमाडौं ।महान सहिद क. खगेन्द्र तथा नेपाल कम्युनिस्ट पार्टीका पिवीएम आदर्श सीका ममतामयी आमा टंकी कुमारी वलीको स्मृतिमा सोमवार फल, फुल,र जडिबुटी लगाएतका वृक्षारोपण गरिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले जाति धर्म मृत्यु संस्कारबारे वैज्ञानिकीकरण गर्दै जाने गरी सी जाति, जन्म, मृत्युु लागाएत बिबिध संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा वनायर ५ दिनको मृत्यु सस्कार गर्ने नीति पास गरेको थियो । सोही नीति अनुसार पार्टी पिवीएम आर्दश सहित बुबाको उपस्थितिमा आमा टंकी कुमारी वलीको स्मृतिमा आज फलफुल लगाएतका वृक्षारोपण गरिएको हो ।

    आमाको संस्मरणमा विभिन्न घोषित कार्यक्रम अनुसार आज फलफुल वृक्षारोपण रोप्ने कार्यक्रम सम्पन्न गरिएको हो । श्रीमान खल बहादुर वलीको नेतृत्वमा छोराहरु आदर्श सी, विश्व सी,अमृत सी, हिक्मत सीले जडिबुटी वृक्षारोपण गरेका थिए । छोरी बुहारीहरूको तर्फबाट जेठी बुहारी आशा ,कुशुम , रेखाको उपस्थितिमा फुलको बिरुवा रोपिएको थियो भने नाती नातिनिहरूकाे समेत उपस्थिति रहेको थियो ।

    पार्टीको तर्फबाट पार्टीका पीवीएमहरु क.आस्था सी,क.आधार सी, क. आजाद सी, क.बन्धु सी,सीसीएम विपिन सी, जनसांस्कृतिक महासङ्घका महासचिव कुशल सी, सम्पर्क मन्चका अध्यक्ष रत्न सी, ललितपुर जिल्ला सेक्रेटरी विकाश सी,ले पार्टीको तर्फवाट फलफुलको वृक्षारोपण गरेका थिए । उक्त कार्यक्रममा पार्टीका जिल्ला सदस्य,जवस मोर्चा र स्थानीय नेताकार्यकर्ता र जनसमुदायको पनि उपस्थिति रहेको थियो ।


    छोरा आदर्श सी का अनुसार चैत १४ गते आमा टंकी कुमारी वली को स्मृतिमा अक्षय कोष खोल्ने , १५ गते आमाको नाममा राहत वितरण गर्ने र चैत १६ गते दिनको १२ बजे ललितपुर आफ्नै निवासमा पार्टी महासचिव क बिप्लब सी को प्रमुख आतिथ्यतामा आमा टंकी कुमारी वलीको श्रद्धाञ्जली सभा गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ।

    प्रतिकृया दिनुहोस्