News Portal

  • युवा संगठन नेपाल काभ्रेको प्रथम भेला सम्पन्न, अध्यक्षमा राजेन्द्र सी निर्वाचित

    जनगर्जन संवाददाता
    १४८ पटक

    ११ चैत,२०७९,शनिबार
    काभ्रे : युवा संगठन नेपाल काभ्रेको ऐतिहासिक प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सम्मेलनले राजेन्द्र सी को अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    कार्यक्रम का प्रमुख अतिथि पार्टी पोलिट ब्यूरो  सदस्य तथा पुर्वी ताम्सलिङ व्युराे ईन्चार्ज क. विकल्प सि को रहेको थियो। क. विकल्प सी ले पार्टीको सहायक संगठन युवा संगठन नेपाल भएकोले इतिहासले जिम्मा दिएको युगिन कार्यभार अब युवाको काधमा आएको हुनाले अनुशासित र ईमानदार भइ लाग्न र दलाल पुजीवादी संसदिय व्यवस्थाको सत्तालाई ध्वस्त परी बैज्ञानिक समाजबादी व्यवस्था ल्याउन युवाहरुले अहम भुमिका खेल्नु पर्ने बताएका छन् । त्यसैगरी पार्टी पोलिट ब्यूरो सदस्य एवं काभ्रे जिल्ला ईन्चार्ज क. विन्दु सि,ले चर्को ब्याजदर लिनेे लघुबित्त ,सहकारी बैंक ,मिटर ब्याजी तथा भ्रष्टाचारी लाई युवा संगठन नेपालले कडा कार्वाही गर्न निर्देशन समेत दिएका छन् ।  युवा संगठन नेपालका महासचिव एवं मध्य कमाण्ड ईन्चार्ज क. तिलक सि ले पार्टी र संगठनको निति बिधिमा लागेर निर्धक्क संग पार्टी संगठनको काममा लाग्न निर्देशन दिएको छ ।अतिथिहरु सिन्धुपाल्चाेक सेक्रेटरी एवं ज. व. स. फ्याक्सन ईन्चार्ज क. युगिन सि,युवा संगठन केन्द्रिय सचीवलय सदस्य तथा पुर्वी ताम्सलिङ व्युराे ईन्चार्ज क. शकर सि,अखिल क्रान्तिकारी के सदस्य एवं व्युराे ईन्चार्ज क. डार्विन सिकाे उपस्थिति रहेकोे थियोे भने कार्यक्रम परिभाषा सि ले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्