News Portal

  • नेकपा प्रचण्ड माधव समुहले आज दिउसो ३ बजे दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

    जनगर्जन संवाददाता
    ७२१ पटक

    पुष १८ काठमाण्डौं । पुष ५ गते संसद विघटन गरिएको बिरुद्ध आन्दोलित नेकपा प्रचण्ड माधव समुहले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।आज दिउसो ३ बजे पत्रकार सम्मेलन गरेर आन्दोलन परिचालन समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यक्रम सार्वजनिक गर्ने छन् ।

    यस अघि पुष १४ गते राजधानी सहित देशभर सो समुहले बिरोध प्रदर्शन र सभा गरेको थियो ।त्यस पछि सँयुक्त संघर्षका लागि काँग्रेस, जसपा लगायतका दलसँग पहल गरे पनि संभव नभए पछि सो समुहले एक्लै आन्दोलन चलाउने भएको हो ।यस पटक पालिका, वडा तहहरु केन्द्रीत प्रशिक्षण र विरोध कार्यक्रम , प्रदेश स्तरका संघर्षका कार्यक्रम हुने जनाईएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि विभाजित बनेको नेकपाको प्रचण्ड माधव समुह संसद र पार्टी केन्द्रीय समितिमा बहुमतमा रहेको छ ।यो समुहले संसद पुनस्थापनाको बिकल्प नभएकोमा जोड दिईरहेको छ ।

    प्रतिकृया दिनुहोस्