News Portal

  • चैत्राष्टमी मेलाको तयारी पूरा, पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार राशी तीन लाख रुपैयाँ

    जनगर्जन संवाददाता
    ११८ पटक

    कालिका भगवति गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको चैत्राष्टमी मेलाको तयारी पूरा भएको जनाएको छ । यहि चैत्र १३ गतेदेखि १७ गतेसम्म हुने मेलाको तयारी पूरा भएको कालिका भगवति गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

    मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा र रमाईलो बाल उद्यान हुने छन् ।

    खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले ३ लाख रुपैयाँ पाउने छन् । द्धितीय हुनेले १ लाख ५० हजार रुपैयाँ, तृतीय हुनेले ७० हजार रुपैयाँ जित्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ नगद प्रदान गरिने छ ।

    राष्ट्रिय लोकदोहारी गीत प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ । द्धितीय हुनेले १ लाख रुपैयाँ, तृतीय हुनेले ७० हजार रुपैयाँ, सान्तवना हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट गायनलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

    छेलो प्रतियोगितामा प्रथम हुनेले १५ हजार र द्धितीय हुनेले ७ हजार ५ सय रुपैयाँ पाउने छन् ।

    मेलाको अवसरमा रमाईलो मेला र कालिका उद्यानमा गरि १ सय ८२ वटा स्टल निर्माण गरिएको छ । स्टलमा घरेलु उत्पादनलाई प्रथामिकता दिईएको आयोजकको भनाई छ ।

    मेलामा विभिन्न झाँकी प्रस्तुत गरिनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने छ ।

    कला, संस्कृति, स्थानीय उत्पादन, व्यापार र धार्मिक पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले मेलाको आयोजना गरिएको हो । मेलाको अबधिमा ३० लाख आन्तरिक पर्यटक बागलुङ आउने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्