News Portal

  • सेल्फी लिने क्रममा भिर बाट लडेर एकको मृत्यु

    जनगर्जन संवाददाता,बागलुङ
    १४६ पटक

    आइतबार,चैत्र ५, बागलुङ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ ।

    बागलुङ नगरपालिका–१ रामरेखा देखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने क्रममा लडेर १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

    “प्रहरीले युवतीको घटनास्थलबाट उद्दार प्रयास गरेको थियो, लडेर भीरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो, झोलुङ्गे पुलको पर्वत खण्ड नजिकैको नेपाल टेलिकमको बोर्डबाट पुल तर्फ सेल्फीखिच्ने क्रममा लडेर १०० मिटर तल झरेको अवस्था हो” न्यौपानेले भन्नुभयो “लामो पुललाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धान हो ।” घटनाको विषमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। शवलाई पोष्टमार्टमा लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको छ ।

    प्रतिकृया दिनुहोस्