News Portal

  • विप्लव निकट सांस्कृतिक महासंघले २५औं प्रतिरोध दिवस पोखरामा मनाउदै

    जनगर्जन संवाददाता
    १८७ पटक

    काठमाडौं : अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिले कास्कीको पोखरामा पुगेर सांस्कृतिक प्रतिरोध दिवस मनाउने भएको छ । महासंघका महासचिव कुशल वोगटीका अनुसार २५औं सांस्कृतिक प्रतिरोध दिवस ७ जनाकलाकारहरु सहादत भएको दिन महासङ्घले हरेक वर्ष चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ ।

    २०५५ साल, चैत ५ गते तत्कालीन राज्यले बर्बर र अमानवीय रुपले काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध भएका कारण निःशस्त्र ७ जना जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर मारेको थियो । देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले काभ्रेको अनेकोटमा ७ जना जनकलाकारले बलिदान दिनुभयो ।

    जनताको गीत गाउँदै हिँड्नेक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते तत्कालीन राज्यपक्षले नियन्त्रणमा लिएर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक प्रतिरोध दिवसको रूपमा हरेक वर्ष मनाउँदै आइरहेको छ । महासङ्घले रोल्पाको भाबाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूले देखेको सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा पनि यो दिवसलाई मनाउँदै आएको हो ।

    जनताका कलाकारहरू च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनीमाया लामालाई जिउँदै जलाएर हत्या गरेका थिए । त्यसैगरी, जनताको महान् सङ्घर्षको प्रक्रियामा अछामको डुङ्गालामा नौ जनाको सहादत भएको थियो भने रोल्पाको भबाङ्गमा ११ जना जनकलाकारहरू तथा डोटीको मुडभरा, अछामकै विनायकमा पनि कलाकारको सामूहिक सहादत भएको थियो । हाम्रो जनसांस्कृतिक आन्दोलनमा कृष्ण सेन ‘इच्छुक’ सहित १७० भन्दा बढीले सहादत प्राप्त गरेका छन् । 

     

    प्रतिकृया दिनुहोस्