News Portal

  • कोरोना अपडेटः ५३४ संक्रमित, ४४७ डिस्चार्ज, ९ को मृत्यु

    जनगर्जन संवाददाता
    ८८२ पटक

    पुष १६ काठमाण्डौं । नेपालमा आज ५३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभर ६ हजार जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगैँ कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

    यसै गरी आज ४४७ जनाले कोरोना जीतेर घर फर्किएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ ।
    यसै गरी कोरानाले आज ९ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १८५६ पुगेको छ ।अब सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्