News Portal

  • नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको ४३ औं साधारण सम्मपन्न

    जनगर्जन संवाददाता
    २७४ पटक

    नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको ४३ औं
    साधारण सम्मपन्न भएको छ । जनचेतना र औषधीको शक्ति, क्षयरोगको उन्मुक्ति भन्दैनाराका साथ सम्मपन्न साधारणसभाको सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा सम्पन्न भएको छ ।

    नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको ४३ औंसाधारण कार्यक्रममा प्रमुख अतिथि बाग्मती प्रदेश सांसद माननीय डा. राजेन्द्रमान श्रेष्ठको विशेष उपस्तिथि रहेको थियो । साधारण साभालाई सम्बोधन गर्दै मानिनीय श्रेष्ठले क्षयरोगका सेवाहरुको प्रभावाकारी रुपमा जनस्तर सम्म पुर्याउन संस्थाले समयानुकूल सहकार्य गर्दै क्षयरोगलाई एक रोग मात्र नठानी यसलाई सामाजिक रोकै रुपमा लिएर निवारण गर्न तर्फ लागेमा मात्र उन्मूलन हुने कुरा बताउनुभयो।

    संस्थाका कार्य समिति सदस्य विजय कर्माचार्यले स्थानीय तहमा क्षयरोग मुक्त घोषणा गर्नका लागि आवश्यक तयारीका साथै क्षयरोग निवारण गर्न विद्यालय र समुदाय स्तरमा विविध प्रतियोगिता तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेको जानकारी गर्नुभयो।

    कार्यक्रम बारे जानकारी गर्दै संस्थाका सदस्य रत्ना लक्ष्मी भैलले क्षयरोग बिरामीको पहिचान र बिरामीको विस्तृत विवरण विद्युतीय निगरानी प्रणालीको निर्माण र विस्तार गर्नुका साथै प्राकृतिक विपत तथा आपतकालीन अवस्थामा पनि यसको कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गर्न युवा पुस्तालाई परिचालन गर्नुपर्ने कुराको जानकारी गर्नुभयो।

    सोही कार्यक्रममा क्षकुस्त विभागका योगिता खनाललाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा संस्थाका सचिव सुमन श्रेष्ठले वार्षिक प्रतिवदन प्रस्तुत गरेको थियो भने कृष्ण बहादुर मिजार र निवर्तमान सभापति राम सिख्व पनि बोल्नुभएको थियो।

    प्रतिकृया दिनुहोस्