News Portal

  • एमालेको भक्तपुरमा ‘मिसन ग्रासरुट’ शुरु

    जनगर्जन संवाददाता
    २२५ पटक

    भक्तपुर, १० फागुन २०७९
    भक्तपुरमा नेकपा (एमाले) ले मिसन ग्रासरुट कार्यक्रम शुरु गरेको छ । बुधवार पलासेस्थित फनपार्कमा आयोजित जिल्ला कमिटीको ८ औं पूर्ण बैठकका बीच मिसन ग्रासरुट कार्यक्रम शुरु भएको घोषणा गरिएको हो ।जिल्ला अध्यक्ष बचन देउजाको अध्यक्षता रहेको समारोहमा केन्द्रीय सचिव गोकर्ण बिष्टले मिसन ग्रासरुट कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा सचिव बिष्टले पार्टी संगठनलाई बलियो बनाउन जनतासंग जोडिन निर्देशन दिएका थिए । जनताको सुख दुखको साथी भएर पार्टीलाई जनतामाझ अझ स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र लगायतले भक्तपुरमा एमालेको सांगठानिक अवस्थाबारे चर्चा गर्दै संगठन विस्तारका समस्या र सम्भावनाबारे व्याख्या गरेका थिए ।

    कार्यक्रममा जिल्ला स्थित केन्द्रीय नेताहरु, प्रदेश पदाधिकारीहरु, जिल्ला कार्यसमिति र नगर अध्यक्षहरुको सहभागिता रहेको बताइएको छ । मिसन ग्रासरुटका लागि नेकपा (एमाले) ले भक्तपुर कमान्डरका रुपमा पोलिटब्युरो सदस्य अरुण नेपाल र केन्द्रीय सदस्य सरिता न्यौपानेलाई नेतृत्व सुम्पेको छ । कार्यक्रममा उनीहरुले बुधबारबाट शुरु भएको कार्यक्रम जिल्ला, नगर तथा वडा हुँदै टोलटोल र घरघर सम्म पुग्ने योजनाबारे बताएका थिए ।

    प्रतिकृया दिनुहोस्