News Portal

  • लमजुङ तरुण दलको उपाध्यक्षमा कुम राशी गुरुङ (भूपेस) मनोनित.

    जनगर्जन संवाददाता
    ८४४ पटक

    १४ पुस, काठमाडौं । लमजुङको तरुण दलको उपाध्यक्षमा कुम राशी गुरुङ (भूपेस) मनोनित भएका छन् । नेपाली काँग्रेस, तरुण दल लमजुङ जिल्लाको मस्याङदी वडा नं. ५ का कुम राशी गुरुङलाई जिल्ला कार्य समिति तरुण दलले उपाध्यक्षमा मनोनित गरेको छ ।

    मनोनित भएपछि भूपेसले आगामी दिनमा जिल्लाको पार्टी र संगठनलाई सशक्त रूपमा मजवुत गर्दै जिल्लामा सम्पूर्ण मानिसलाई राजनैतिक र वैचारिक हिसावले पार्टीको नीति नियमलाई अवलम्बन गराउँदै जिल्लाको विकासका लागि जनतासँग जोड्दै हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । भूपेसले यूवाहरुलाई समेट्दै जिल्लाको समग्र विकासमा लाग्ने प्रतिवद्धता गरेका छन् ।

    प्रतिकृया दिनुहोस्