News Portal

  • सिमाक्षेत्रमा भैरहेको भारतीय हस्ताक्षेप बन्द गरिनुपर्छ : सुमन सिंह

    जनगर्जन संवाददाता
    १०९ पटक

    २६ माघ झापा/ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमन सिंहले पुर्वको झापा लगाएत देशका विभिन्न ठाउँमा भैरहेको सिमा अतिक्रमण र हस्तक्षेप रोकिनु पर्ने अन्यथा त्यस विरुद्ध अब नेपाली जनता चुप लागेर बस्न नसक्ने चेतावनी दिएका छन।

    नेपाल कम्युनिस्ट पार्टी झापाको जिल्ला कमिटी बैठकमा पार्टी केन्द्रको आवधिक लक्ष्य र योजनाको भावबारे प्रशिक्षण मन्तव्य राख्दै नेता सुमनले यस्तो बताएका हुन।

    झापाको सताक्षीमा बिहिवार सम्पन्न बैठकमा ब्युरो इन्चार्ज सिंहले झापाली जनता माथि लघुबित्तको चर्को ब्याज , मिटर ब्याजी, बैंक र ठग हरुको चर्को शोषण भैरहेको र भारतीय पक्षबाट सिमाना क्षेत्रमा ब्यापक रुपमा नेपाली भुमी मिचेको, उनिहरुको जताततै हस्तक्षप बढिरहेको, किसानहरुमाथी चर्को शोषण भएको, महिला हिंसा बढेको, सामाजिक असुरक्षाका घटनाहरु उल्लेख्य रुपमा बढेको, दलितहरुमाथी अन्याय र अत्याचार बढ्दै गएको लगायतका घटनाहरु देखिएको बताउंदै जनता र राष्ट्रको हितमा जनताको बिद्रोहको नेतृत्व अब नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताए।

    बैठकमा झापाली जनता माथि थोपरिएका बिबिध संकटहरु बारे मसिनो गरी छलफल गर्दै जनतालाई सुरक्षा दिने र जनता बिरुद्धका गतिबिधीबारे संघर्स गरेर अगाडि बढ्ने निर्णय समेत भएको बताइएको छ ।

    त्यस्तै बैठकले पार्टी योजना अनुसार संगठन,संघर्स, आर्थिक, उत्पादन लगायतका बिषयमा थप निर्णय समेत गरेको छ।

    नेकपा झापाका जिल्ला सचिब संजय सी को अध्यक्षतामा भएको बैठकमा मेची ब्युरो इन्चार्ज सुमनसिंह सि को प्रमुख आतिथ्यता र केन्द्रीय सल्लाहाकर सदस्य होम सि को आतिथ्यता रहेको थियो भने जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य प्रशान्तले झापाली जनताको बिचमा मडारिएको बिद्रोहको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताए।

    प्रतिकृया दिनुहोस्