News Portal

मनाङबाट निर्वाचित प्रदेश सभाका सदस्य दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

जनगर्जन संवाददाता
३३० पटक

मंसिर, १९ काठमाडौं । गण्डकी प्रदेश सभामा स्वतन्त्र निर्वाचित सांसद राजिब गुरुङ (दीपक ) मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ ।

सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री पनि हुन्। गण्डकीमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि प्रदेश सभा सदस्य जितेको छैन।

प्रतिकृया दिनुहोस्