News Portal

  • विप्लव नेतृत्वको नेकपाले गर्यों सुकुम्बासी बस्तिमा डोजर आतंक बन्द गर्न चेतावनी

    जनगर्जन संवाददाता
    १८० पटक

    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समितिले सुकम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थीत बसोबासलाई व्यवस्थीत गर्ने सहमती विपरित कार्य नगर्न आग्रह गरेको छ ।
    नेकपा काठमाडौँ सेक्रेटरी तुलसी नारायणले बुधबार बिज्ञप्ति जारी गर्दै खवदारी गरेका हुन्। सेक्रेटरी तुलसी नारायणले २०७९/०८ / ०९ गते राष्ट्रिय भूमी आयोग र काठमाडौं महानगरपालिका बिच भूमीहिन दलित सुकम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थीत बसोबासलाई व्यवस्थीत गर्ने सहमती विपरित भैरहेको ड्रोजर आतंक तत्काल बन्द चेताउनु दिएको छ ।

    बास्तविक भूमीहीन दलित र भूमिहिन सुकुम्बासीको उचित व्यवस्थापन नगरी यो चिसो मौसममा बृद्ध, वृद्धा, बच्चा, बच्ची र सुत्केरीको जीवन प्रति अलिकतीपनी मानवियता नदेखाई गरिने यस्तो अमानवीय प्रकारको जन विरोधी गैर लोकतान्त्रीक गतिविधीले गम्भीर र दुखद परिणाम निम्त्याउन सक्ने चेतावनि दिनुका साथै सम्भावनाप्रति सम्बन्धित मन्त्रालय र सरोकारवालालाई ध्यान पुर्याउन आग्रहसमेत गरेका छन 

    प्रतिकृया दिनुहोस्