News Portal

  • भक्तपुर २ मा मतगणना सुरु , यस्तो आउदैं छ नतिजा

    जनगर्जन संवाददाता
    १३६ पटक

    ५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्व २ मा आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ। निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार विहान दुई वजे पछि मात्र मतगणना सुरु भयको जानकारी दिए ।

    भक्तपुर-२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मङ्सिर ४ मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो ।

    ८ मतदान केन्द्रका मतपेटिकाका मतपत्र २ ठाउँमा मिसाएर मतगणना भइरहेको निर्वाचन अधिकृत पराजुलीले बताए । अब एक घण्टामा ८ वटा मतदान केन्द्रको नतिजा आउने अनुमान गरिएको छ ।

    भक्तपुर-२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् ।

    प्रतिकृया दिनुहोस्