News Portal

  • दोषी शिक्षकलाई कडा कार्वाही गर्न अखिल (क्रान्तिकारी) सिन्धुलीका इन्चार्ज दयाराम लुवारको माग

    जनगर्जन संवाददाता
    ३१० पटक

    सिन्धुली मंगसीर २८– सिन्धुलीको सुनकोशी गाउँपालिका–६ अमारेमा सोमबार भएको आत्महत्या प्रकरणको छानबिन गर्न विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी ) सिन्धुलीका इन्चार्ज दयाराम लुवारले  विज्ञप्ति जारिगर्दै जोडदार माग गरेको छन  ।

    ग्रामकाली माध्यमिक विद्यालय अमारेमा कक्षा ७ मा अध्ययनरत १३ बर्षिय छात्रा गोमा विकले सोमबार साँझ आफ्नै घरमा झुन्डीएर आत्महत्या गरेकी थिइन । सोही विद्यालयका शिक्षक मिलन दाहालले विद्यालयमा कुटपिट गरेको ,विद्यालय छुट्टी भए पछि घरमा पुगेर छात्रा बिकले आत्महत्या गरेको भन्दै ( क्रान्तिकारी ) सिन्धुलीले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषि शिक्षकलाई कानुन बमोजिम कार्वाहीको दायरामा ल्याउन माग गरेको हो ।

    क्रान्तिकारीले  विज्ञाप्ती जारी गर्द‌ै भनेको छ यातना सहन नसकी घर फर्कियर बेलुका करिब ४:४५ बजे आफ्नै कोठामा झुण्डियर आत्महत्या गरेकि छन । उक्त घटनालाई केही ब्यक्तिहरुद्वारा गुपचुपमा सामसुम पार्न खोज्दा स्थानीयबासी र बिद्यार्थीको संयुक्त आन्दोलनका कारण दोषी शिक्षकलाई प्रहरीले गिरफ्तार गरेकोछ। तर पनि मृत बालिकाको न्याय प्राप्तिको पक्षमा उभिनुको सट्टा प्रहरी हिरासतमा रहेका दोषी शिक्षकलाई निर्दोष साबित गर्न अनेक प्रयास भइरहेको आरोप विज्ञप्तिमा लगाएको छ ।

    गिरफ्तार शिक्षकलाई कानुन अनुसार कडा सजायको माग गरेको छ । अन्यथा अनेक तिकडम, जालझेल र षड्यन्त्र गरि दोषी शिक्षकलाई उन्मुक्ति दिने काम गरे हाम्रो संगठनले उपयुक्त कार्वाही गर्ने समेत चेताउनी दिएको छ ।

    प्रतिकृया दिनुहोस्