
बुधबार कार्तिक ,१६ २०७९ विष्णु विश्वकर्मा, बागलुङ नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी राेल्पाकाे दाेस्राे पुर्ण बैठक जिल्ला सदरमुकाम लिबाङमा बुधबार सम्पन्न भएकाे छ ।
बैठकले पार्टीको ९अाैं महाधिबेशनले लिएका निर्णय र लगतै सम्पन्न केन्द्रीय समितिकाे बैठकले लिएका निर्णयहरू अक्षरस कार्यन्वयन गर्ने निर्णय गरेकाे छ ।
नेकपा राेल्पाका सेक्रेटरी असिना सीकाे अध्यक्षतामा सम्पन्न भएकाे बैठकमा नेकपाका पाेलिटब्युराे सदस्य सुवास सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने बैकल्पिक केन्द्रिय हरु प्रयास सी र दिनेश सी केन्द्रीय प्रतिनिधि सदस्यहरू कुमार सी,बिश्व सी,बिश्लेशन सी र टिकाराम सी , पार्टी जिल्ला सदस्य र सल्लाहकारहरूकाे उपस्थितिमा रहेकाे थियो ।
बैठकमा नेकपाकाे असाेज २५ गते देखि ३१ गते सम्म कपिलवस्तुमा सम्पन्न पार्टीको ९अाैं महाधिवेशन ले आसन्न संघ र प्रदेशकाे निर्वाचन सशक्त खारेज गर्ने निर्णय गरेकाे थियाे।