News Portal

  • चुनावी विज्ञापन

    कुशल वोगटी
    ३४० पटक

     

    आजभोलि एकाबिहानै
    भट्टीपसलमा
    एक हुल मान्छेहरु जम्मा हुन्छन्
    कोही एमालेका
    कोही काँग्रेसका
    कोही माओवादीका
    कोही हलोका यस्तै यस्त‌ै

    झण्डा अगाडि राखेर सबै
    मदिरा पिउछन
    घ्याम्पो भित्र पसेर
    जब बाहिर निस्किन्छन् भट्टीबाट
    कराउछन घोक्राे सुक्ने गरि
    ‘यो समय मुना चियाको हो’
    सबेरै वज्ने विज्ञापन जसरी !

    उद्देश्य केही छैन भविष्यप्रतिको
    खालि छ एउटा कागज साथमा!
    विना घोषणा-पत्र
    कराएका छन्
    मदिरा पिएको भरमा
    हँसिया बाेकेर रुख काट्न हिडेका गोठाला जस्ता !

    सूर्यको तापले छहारी खोज्न
    रुख रोजेकाहरु
    रुखको बिँड, हँसियाको भर
    हलोको अनौ वयलगाडाको भर
    फिँजाइरहेछ बजार हल्ला समाजवादको !!

    दुर्गन्ध फैलिरहेछ नचाहिँदो हिसाबले
    अंकगणित , र मुनाफा कमाउनिस्टहरुको
    रुख ढलेर हलो बन्ने
    सूर्य छेक्न हसियाँ बाेक्ने
    यिनिहरुको आडले
    कलमले समाजवाद लेख्ने
    फोकट गफमात्र हुन् !!!

     

    प्रतिकृया दिनुहोस्