News Portal

  • गण्डक ब्यारेजका सबै ढोका खुला, नारायणी नदिले खतराको सँकेत पार

    जनगर्जन संवाददाता
    २११ पटक

    नवलपरासी :लगातारको मनसुनी भारी वर्षाका कारण नदीको स्तर बढेपछि नदि छेउँका नागरिकमा त्रास बढेको छ ।

    ठाउँ ठाउँमा डुबानको खतरा बढेसँगै नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भारतीय समकक्षी डीएम कुन्दन कुमारसँग समन्वय गरी गण्डक ब्यारेजका सबै ३६ वटै ढोका विहान करिव ९ः ४५ मा खोल्न लगाउनुभएको थियो ।नारायणी नदिमा समेत आफ्नो खतराको सँकेत ठाउँ भन्दा बढि बहाब र पानी जम्मा भएको छ । गण्डक व्यारेजमा ३ लाख बढि क्यूबेक पानीको मापन गरिएको छ । यो निकै खतराको अवस्था भएकोले सँभावित दुर्घटना कम गर्न दिउँसोबाट प्रजिअ सुमन घिमिरेको अध्यक्षतामा जिल्ला आपतकालीन संचार केन्द्रको बैठक बसी सबै सुरक्षा प्रमुखहरु, नगरपालिका, नेपाल र रेडक्रस सहितको ट‍ोलिबाट उद्धार र राहतको तयारी अघि सारेको छ ।
    गैडाकोट क्षेत्रको महेन्द्र राजमार्गमा ढलेका रुखहरु हटाउने, तटिय क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँमा सार्न सुचना गर्ने लगायत भइपरि आउने समस्या समाधानका लागि सबै पक्ष सक्रिय अवस्थामा रहेको प्रजिअ घिमिरेले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्