News Portal

  • बाला दसै ? बडा दसैं ?

    निभा शाहा
    २०६ पटक

    “अन्न भन्याको सीता पार्वताका दुध हुन,अन्न खड (खेर ) फाल्नु हुदैन पाप लागन्छ।”
    प्रत्येक समाज र समुदायमा संस्कार र कुसंस्कार छन् ।संस्कार अपनाउने हो। कुसंस्कार मील्काउने हो।
    कर्णाली र सुदुर पश्चिमतिर खाना खड फाले भनिन्छ ।अन्न भन्याको सीता पार्वताका दुध हुन अन्न खड फाल्या पाप लागन्छ।यो संस्कारित रीत बचन हो।
    जब धानको बाला फल्छ।त्यो धानको बाला किसानहरुले सर्वप्रथम दैलोमा टास्छ्न। त्यसलाई देली बालो भनिन्छ अनि मात्र केही धानको बाला नङ्ले पोकराएर दुनामाराख्छ्न् । नङ्ले पोकराएको चामललाई” नवा “भनिन्छ। त्यो नवा चामललाई पनि सर्वप्रथम किसानहरुले दैलोमा टास्छ्न। नवा चामल दैलोमा टासेपछि त्यो नवा चामललाई पहिलो चोटि छोरीको चन्डी (निधार ) मा बज्यै आमाहरुले पहिला र बाजेबाहरुले पछि टीका लाई दिन्छन् र त्यो नवा सर्वप्रथम छोरीलाई नै चखाउनछन् । छोरीले नवा चाखेपछी दुनामा भएको नवा देवी देवतामा चढाइन्छ अनि घरका सबैले प्रसादको रुपमा नवा खान्छन् । नवा अक्षेतामा रङ हालेको हुदैन ।

    नवा चाख्ने बालाहरुलाई छोरीले नवा चाखीसकेपछी मात्र देवी देवतालाई बाला चढाउने हो। अनि ती बाला काट्या धानको सिरौला बनाएर गाउँमा एकले अर्कोलाई सिरौउला
    बाढने हो।
    धानको बाला काट्ने शुभ साइत हेर्छन् । घटस्थापना को दिन बालासंग समायोजन को दिन परे त्यही दिन बाला काटी नवा खान्छन् ।

    यसरी नै गहुँको बालालाई त्यता उमा भनिन्छ । धानको बालाको नवा जसरी पुजिन्छ र प्रसाद खान्छन् ठिक त्यसरी नै गहुँको बालाको दैलोमा टास्ने एबम रितले नवाको जस्तै उमाको प्रसाद बनाएर खान्छन् । त्यो उमाको प्रसाद पनि सर्वप्रथम छोरीले नै खाने हो। स्मरण रहोस सुदुर पश्चिम नेपालमा चेल त्यार यानिकी माघीमा छोरी तिहार हुन्छ ।

    अन्नलाई सीता पार्वताका दुध किन भनियो ?
    अन्नबाला पाक्नु अघि दुधाइलो हुन्छ । त्यसैले पनि भनियो होला। बच्चाहरु आमाको दशधारी दुध खाएर बाच्छ। स्त्री लाई सम्मान दिन आदिम पुर्खाले अन्न्लाई सीता पार्वताको दूध भने होलान । अनेक कारण हुन सक्छन् ।

    सबै भन्दा प्राचीन अन्न जौ हो। जौलाई सम्मान गर्न आदिम पुर्खाले जमरा बनाएर शिर र कानमा लाए। त्यसरी नै धान र गौका बालालाई सम्मान गरी दैलोमा देली बालो टासे। नवा र उमा नामाकरण गरि चन्डी अर्थात निधारमा लाए। आमाको दुधलाई सम्मान दिन अन्नको नामाकरण पनि उमा र सीता राखी स्त्रीकरण गरे। स्मरण रहोस जौलाई पनि जवा भनेर उमा र नवा जस्तै सम्मान सलामी गरिन्छ ।
    अन्नसङ्ग जोडिएका जवापर्व ,उमापर्व ,सितापर्व यि प्राचीन संस्कारहरु हुन।यी संस्कारसंग जोडिएर लालपुर्जावादी सत्ता आए । लालपुर्जावादी सत्तासङ्ग जोडीएर रङ हालेको अक्षता दशै आयो। उमापर्वसङ्ग जोडीएर चैते दसै आयो। रङको पर्वसंग जोडीएर होरी आयो।
    होलिका जलेर खरानी हुने अनि कृष्ण बाच्ने जस्ता
    अन्ध बिश्वास सबै धर्ममा छ । हिन्दुमा सती भए जस्तै बाइबल मान्नेहरुमा पनि इन्क्विजिसन थियो।कसैप्रती पुर्वाग्रही नभएर जे हो त्यो बोलौ। जात ब्यवस्थाको बिरोध गरौं । मान्छेले मान्छेलाई शोषण गर्ने मुख्य जरा लालपुर्जा हो यसको बारेमा अध्ययन गरौ।

    उमा गौरी पार्वती पार्वता भनेको एउटै नाम हो।
    बाला दसै कि शुभकामना भनु कि जवा दसै कि शुभकामना भन्नु कि। सीतापर्व कि शुभकामना भन्नू कि ?

    पहिला त माख्ला कम्युनिस्टहरुले दसै भनेको सामन्तको चाड हो। मनाउने होइन। ढाटोपी लाउने होइन यो टोपी दरबारीयाले लाउने हो भन्ने उर्दी हुन्थ्यो । अचेल त यी माख्ला कम्युनिस्टहरुले ढाकाको टोपी लाएर बडा दसैं को शुभकामना पो पोस्टाएका छन् त। चुनावी सत्ता डलर सत्ता बक्त बक्त कि बात है जवा ।
    लालख्वामित बडाहजुर तम्रा
    पुराना उर्दी मान्नु कि नौला उर्दी मान्नु?

    प्रतिकृया दिनुहोस्