News Portal

  • प्रचण्ड माधव नेपाल समुहले लगाय : केपीओली संविधान र गणतन्त्र बिरोधी भएको आरोप

    जनगर्जन संवाददाता
    ६०७ पटक

    पुष १४ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले वाम गठबन्धन र पार्टी एकताको लागि आफूले नै केपी ओलीलाई प्रस्ताव गरेको तर तीन वर्ष नवित्दै ओलीले कसैले गर्न नसक्ने प्रतिगमनकारी कु गरेको भन्दै अहिले आफूलाई पश्चाताप लागेको बताएका छन् ।
    केपी ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता बिरोधी भन्ने थाहा हुँदा हुँदै पनि आधी हुरी आए पछि मान्दिए भनेकाले सच्चिए होलान् भनेर पार्टी एकता गरी प्रधानमन्त्री पनि बनाईयो तर उनको सिद्धान्त अझै पनि माक्र्सवाद नभई बयलगाढै रहेको स्पष्ट भएको प्रचण्डले बताए ।

    प्रतिनिधि सभा अझै भंग भएको छैन, केवल केपी ओलीको सरकार भंग भएको हो , केपीले कलंकको टिका लगाएका छन् र ईतिहासबाट यो नमेटिने प्रचण्डले चेतावनी दिए ।केपी ओलीले आफू संविधान बिरोधी र अपराधी भएको भनेर नसच्चिदा सम्म नेपाली जनताले माफी नदिने प्रचण्डले चेतावनी दिए ।

    प्रचण्डले सर्वोच्च अदालतले जनताको भावना र संविधानको आधारलाई सम्मान गर्ने विस्वास व्यक्त गरे ।जनताको, वौद्धिक जमातको राजनीतिक पार्टीहरुको भावना विपरीत अदालत जाने छैन भन्नेमा आफूले भरोसा गरेको उनले बताए ।अहिले आन्दोलनको शुरुवात मात्रै भएको भन्दै प्रचण्डले यदी संविधानमाथिको प्रहारलाई सच्याउने कोशिस गरिएन भने आन्दोलनको आँधीहुरी आउने दाबी गरे ।

    “ म प्रतिगमनका पक्षपातीहरुलाई खबरदारी गर्न चाहन्छु, समयमै गल्ती सच्याएनौ भने अढाई सय बर्ष पुरानो राजतन्त्रलाई फाल्न सक्ने जनताले निरकुशताका पूजारीलाई सजिलै बढार्नेछन् ” प्रचण्डले चेतावनी दिए ।
    ओलीले एक वर्ष अघि देखिनै लोकतन्त्रमाथि प्रहार गर्दै पार्टी विभाजन गर्न खोजेको प्रचण्डको दाबी छ ।

    ओलीमा व्यक्तिवाद र निरंकुशता हावी   ,अध्यक्ष माधव कुमार नेपाल

    राजधानीमा संसद विघटन बिरुद्ध आज भएको बिरोध र्याली पछि आयोजित सभालाई संवोधन गर्दै अध्यक्ष नेपालले संसद विघटन नेपाली जनता र आफूहरुलाई अस्वीकार्य भएको भन्दै ओलीले गणतन्त्रको आन्दोलनको पनि खिल्ली उडाएको स्मरण गराए ।ओलीमा व्यक्तिवाद र निरंकुशता हावी भएको र कम्युनिष्टमा हुनु पर्ने गुण नभएको नेपालले आरोप लगाए । अब ओलीलाई अस्वीकार गर्नु बाहेक अरु कुनै उपाय नरहेकोमा उनले जोड दिए ।

    वयलगाडा चढेर वासिग्टन पुगिदैन भनेर अभिव्यक्ति दिएका ओलीलाई परिवर्तन र गणतन्त्रप्रति कुनै माया नभएको पनि नेता नेपालले बताए ।
    संघीयता, लोकतन्त्र र संविधानका बिरुद्ध ओलीले कदम चालेका कारण जनता र दलहरु सडकमा उत्रिएको नेपालले बताए ।

    प्रतिकृया दिनुहोस्