News Portal

  • सत्ताको एउटा गिरोह नेकपा सँगभएको तिनबुदेँ सहमति भाड्न लागि परेको छ : प्रकाण्ड

    जनगर्जन संवाददाता
    ३१७ पटक

    २८ भाद्र, २०७९ ललितपुर ।
    नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खडग् बहादुर बिश्वकर्मा (प्रकाण्ड)ले जनताभन्दा शक्तिशाली दुनियाँमा कोही पनि नभएको बताएका छन् ।
    प्रबक्ता प्रकाण्डले, मंगलबार नेकपा ललितपुरको नवौं जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै, आफ्नो पार्टीले जनता र राष्ट्रको पक्षमा संघर्ष गर्दै आएकाले कुनै पनि शक्तिले केहि पनि गर्न नसक्ने ठोकुवा गरे । उनले भने, ‘जनताको पक्षमा क्रान्तिकारीहरु उभिने हो भने दुनियाँको कुनै पनि तागतले क्रान्तिकारीहरुलाई पराजित गर्न सक्दैन ।’ एकीकृत जनक्रान्तिबाट नेपालमा बैज्ञानिक समाजवादी क्रान्ति पुरा हुने दाबी पनि गरे ।
    संसारमा पूँजीवादी र साम्राज्यवादीहरुले जनताको क्रान्तिलाई कहि पनि रोक्न नसेकेको उदाहरण भएको भन्दै, नेपालमा पनि नेकपाले लिएको जनताको मुक्तिको लाईन र क्रान्तिलाई रोक्न नसक्ने बताए । उनले भने, ‘बरु पार्टीले लिएको लाईनलाई नेता कार्यकर्ताले बुझ्न सक्नुपर्छ, जनतासँगको सम्बन्ध प्रगाढ गर्नुपर्छ, पार्टीको लाईनलाई ठिक ढंगकासथ क्रान्तिकरीहरुले समात्नु सक्नुपर्छ ।’ उनले, पार्टीको कार्यदिशा र कार्यनीतिको मर्म बुझ्न नसक्दा पार्टीमा भ्रम पैदा हुने गरेको र त्यसको पछिल्लो सिकार कञ्चन र सुदर्शनहरु भएको बताए ।
    नेकपा प्रबक्ता प्रकाण्डले ३ बुँदे सहमति बिपरित महासचिबसहित नेकपाका नेता कार्यकर्तालाई पक्राउपूर्जी सरकारले जारि गरेपछि राजनैतिक अवस्था फेरबदल भएको र नेपालको दलाल संसदीय सत्ताको एउटा गिरोह सहमति भाड्न लागि परेको आरोप लगाए । उनले, नेकपाको नौवौं महाधिवेशनको संघारमा भएको र उक्त महाधिवेशनले नेपाली कम्पयुनिस्ट आन्दोलन र बिश्वक्रान्तिको लागि केही नयाँ विश्लेषण र संश्लेषणसहित नयाँ उर्जाबाट क्रान्तिको यात्रा तयागर्ने कार्यनीति ल्याउने बताए ।

    प्रतिकृया दिनुहोस्