News Portal

  • जनगर्जन संवाददाता
    ३९० पटक

    भक्तपुर भाद्र १८। : शनिबार भक्तपुरमा  आयोजित नेकपा भक्तपुर जिल्ला समितिको आठौं औं जिल्ला सम्मेलनमा सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामाले नेपाली जनताले विस्वासगरेको एकमात्र पार्टी  नेपाल कम्युनिस्ट पार्टी भएकाले जनताको विश्वासिलो भावनालाई पूरा गर्न हाम्रा नेता कार्यक्रता जनता प्रति जिम्मेवार बन्नु पर्ने बताउनु भएको  छ ।

     

    हाम्रो काधमा अर्को थप जिम्मेवारी भनेको नेपालमा छरिएर रहेका  सम्पुर्ण कम्युनिष्टहरूलाई एकीकृत गर्दै  दृढ संकल्प लिएर लाग्नु पर्ने बताए । शनिबार भक्तपुरमा  आयोजित नेकपा भक्तपुर जिल्ला समितिको आठौं औं जिल्ला सम्मेलनमा सम्वोधन गर्दै जनताको आशालाई कम्युनिष्टहरूले गम्भीरतापूर्वक लिएर पूरा गर्न लाग्नु पर्ने बताएका हुन् । नेता लामाले , “ दलाल पूँजीवादी संसदिय व्यवस्थालाई चिहानमा गाडेर त्यहीबाट एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत  वैज्ञानिक समाजवादको स्थापना गर्नु हाम्राे प्रमुख लक्ष्य रहेको कुरामा जिकिर गर्नु भयो । कम्युनिष्ट आन्दोलनमा लाग्ने हामी  नेता कार्यकर्तामा वर्गीय पक्षधरता, प्रतिवद्धता, व्यक्तिगत जीवन भन्दा माथि उठेको निस्वार्थ  गुणहरु अनिवार्य रूपमा हुनुपर्नेमा विशेष जोडदिदै भन्नू भयो भक्तपुरमा एक छत्र आफ्नो पकट जसरी लिदैं आयको त्यो वाट पाट सिक्दै जनतामा खुट्टा टेकेको पार्टी वनाउन भक्तपुरका साथिहरु लाग्नेमा केन्द्रीय समिति विस्वत रहेको कुरा बताउनस भयो । अन्यथा उसलाई कम्युनिष्ट मान्न नसकिने नेकपा केन्द्रित सदस्य लामाको भनाई थियो । कम्युनिष्टहरूले सामुहिक उत्पादन र क्रान्तिलाई सङ्गै जोडेर अगाडि बढ्नु पर्ने उनले बताए ।

    सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हित्मान, केन्द्रीय सदस्य भक्तपुर इन्चार्ज आस्थाको विशेष उपस्थिति रहनु भयको  थियो । नेकपाका भक्तपुर सेक्रेटरी बिजय सिहँको अध्यक्षतामा भएको सम्मेलनमा अतिथिको रुपमा  पुर्व सेक्रेटरी तथा  अखिल नेपाल जन सांस्कृतिक महासघका केन्द्रीय महासचिव कुशल वोगटी , अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव राजकुमारी शाही, मगर मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुर्दशन मोगंल नेवा मुक्तिमोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन युवा सङ्गठनका केन्द्रिय महासचिव सावित्रा अधिकारी, शहिद तथा बेपता परिवारका आफ्नत एकीकृत जनक्रान्तिका घाईते योद्धाहरु रहनु भएको थियो उद्घाटन सत्रमा कम्युनिस्ट आन्दोलना पुरान नेता कृष्णबाग श्रेष्ठ , सहिद पिरवार , बेपता परिवार भक्तपुर जिल्लामा इन्चार्ज र सेक्रेटेरीमा रहिकाम गरेर अर्को भुमिका रहनुभएका नेताहरुलाई पनि सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

     

    आजनै बन्द सत्र शरु भई पुर्न क.विजयलाई सेक्रेटेरी मा निर्वाचित गर्दै कमरेड वीजयको नेत्तृत्वमा दुई  जना थप्ने गरि २३सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । बन्द सत्रमा नर्व निर्वाचित टीकमलाई बधाई तथा कार्यसफलताको शुभकामना भक्तपुर जिल्ला पुर्व सेक्रेटरी तथा महासङ्घका महासचिव कुशल वोगटी, युवा संगठन नेपालका केन्द्रीय महासचिव बिधुसीले  दिनु भएको थियो । नवर्निवाचित जिल्ला समितिलाई प्रमुख अतिथि माईलाले खुवाउनु भएको थियो।

    प्रतिकृया दिनुहोस्