News Portal

  • नेकपा धुनिवेशी नगरपालिकाको प्रथम सम्मेलन सम्पन्न

    जनगर्जन संवाददाता
    ३४२ पटक

    धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङ जिल्ला धुनिवेशी नगरपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । धुनिवेशी नगरपालिकाकाे धार्केमा सम्पन्न सम्मेलनले अर्पण तामाङको नेतृत्वमा २१ सदस्यीय नगर कमिटी निर्माण गरेको छ ।

    सम्मेलनबाट नवनिर्वाचित कमिटीलाई पार्टीका जिल्ला सेक्रेटरी सृजनले बधाई तथा सफल कार्यकालकाे शुभकामना दिदै पार्टीले दिइएकाे जिम्मेवारी गम्भीर रुपमा ग्रहण गर्न निर्देशन दिएका थिए । सरकारले तीन बुँदे सहमति विपरीत पार्टीका महासचिव लगायत नेता कार्यकतामाथि पक्राउ पुर्जी जारी गरेर देशलाई द्वन्द्व तिर धकेल्न खोजेको भन्दै सचेत भएर कामकारबाही अगाडी बढाउनु पर्ने उनले बताए। धुनिवेशी नगर कमिटीले धुनिवेशी नगरपालिका भित्र भएका विकृति विसङ्गती, अनियमित, भ्रष्टाचार, वेतिथिका विरुद्ध निर्मम भएर लाग्न नव गठित नगर कमिटीलाई निर्देशन दिनु भएको थियो।

    सम्मेलनमा जिल्ला समिति सदस्य चिन्तन र जिल्ला सदस्य माइला गुरुङले स्वागत मन्तव्य र जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनपत्रकार संगठन धादिङका अध्यक्ष सुन्दरले शुभकामना मन्तव्य राखेका थिए। यसैगरी युवा संगठन नेपाल केन्द्रीय सदस्य एवम् धादिङका अध्यक्ष तथा पार्टीका जिल्ला समिति सदस्य अभयले पनि मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन अर्पणले गरेका थिए भने अध्यक्षता निवर्तमान नगर सेक्रेटरी मुकेशले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्